पेन्ट हाउसको ‘शाम ए गजल’ साँझमा गुन्जँदै गायक सुवोध

काठमाडौँ । गायक सुवोध केसीले हिन्दी तथा नेपाली गजलबाट दर्शक झुमाउने भएका छन् । आगामी शुक्रबार (७ असार) दरबारमार्गमा रहेको पेन्ट हाउसमा रुफटप बार एण्ड लाउन्चको आयोजना हुने ‘शाम ए गजल’ कार्यक्रममा उनले विभिन्न हिन्दी तथा नेपाली गजलबाट दर्शकलाई मनोरञ्जन दिलाउन लागेका हुन् ।
लाउन्चको आयोजनामा पहिलो पटक हुन लागेको कार्यक्रममा गायक केसीलाई गाउनमा साथ गौरव राइले दिनेछन् । गौरवले गायनको अलवा हार्माेनियम, खनिस गन्धर्वले तवला, आशिष रिजालले गितारमा साथ दिनेछन् ।
साँझ ६ देखि १० बजेसम्म आयोजना हुने कार्यक्रमको उद्देश्य नेपालमा हराउँदै गएको गजल संस्कृतिको संरक्षण रहेको लाउन्च प्रबन्ध निर्देशक लाक्पा छिरिङ शेर्पाले बताए । ‘गजल भनेको धेरै जसो बुढापाकाहरूले सुन्ने भन्ने चलन छ’, शर्पाले भने ‘यो भनाईलाई चिर्दै सबैका लागि उपयुक्त छ भनेर चिनाउन कार्यक्रम गर्न लागेका हौँ ।’ भारतीय तथा नेपाली संगीत प्रेमीलाई ध्यानमा राखेर कार्यक्रम आयोजना गर्न लागेको उनले खुलाए ।
कार्यक्रममा अरेविक र इन्डियन खानासँगै गजलको मज्जा लिनसक्ने आयोजकको भनाई रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायली सेनाले रोक्यो गाजातर्फ गइरहेको जहाज
-
फिल्म ‘सोल्टिनी’ को पहिलो गीत ‘सत्य जुगैको’ सार्वजनिक
-
सदन अवरोध हटाउन कांग्रेसको मध्यमार्गी प्रस्ताव, प्रतिपक्षी दलहरू छलफलमा
-
जन्मदिन मनाउन व्यस्त छन् राजेश हमाल : कति पुग्यो उमेर ?
-
स्वरूपराज आचार्यले स्वर दिएको नयाँ गीत सार्वजनिक
-
वाईसीएललाई प्रचण्डको निर्देशन : ‘प्रतिक्रियावादी र प्रतिगमनकारीविरुद्ध खरो रूपमा उभिनुहोस्’