पेन्ट हाउसको ‘शाम ए गजल’ साँझमा गुन्जँदै गायक सुवोध
काठमाडौँ । गायक सुवोध केसीले हिन्दी तथा नेपाली गजलबाट दर्शक झुमाउने भएका छन् । आगामी शुक्रबार (७ असार) दरबारमार्गमा रहेको पेन्ट हाउसमा रुफटप बार एण्ड लाउन्चको आयोजना हुने ‘शाम ए गजल’ कार्यक्रममा उनले विभिन्न हिन्दी तथा नेपाली गजलबाट दर्शकलाई मनोरञ्जन दिलाउन लागेका हुन् ।
लाउन्चको आयोजनामा पहिलो पटक हुन लागेको कार्यक्रममा गायक केसीलाई गाउनमा साथ गौरव राइले दिनेछन् । गौरवले गायनको अलवा हार्माेनियम, खनिस गन्धर्वले तवला, आशिष रिजालले गितारमा साथ दिनेछन् ।
साँझ ६ देखि १० बजेसम्म आयोजना हुने कार्यक्रमको उद्देश्य नेपालमा हराउँदै गएको गजल संस्कृतिको संरक्षण रहेको लाउन्च प्रबन्ध निर्देशक लाक्पा छिरिङ शेर्पाले बताए । ‘गजल भनेको धेरै जसो बुढापाकाहरूले सुन्ने भन्ने चलन छ’, शर्पाले भने ‘यो भनाईलाई चिर्दै सबैका लागि उपयुक्त छ भनेर चिनाउन कार्यक्रम गर्न लागेका हौँ ।’ भारतीय तथा नेपाली संगीत प्रेमीलाई ध्यानमा राखेर कार्यक्रम आयोजना गर्न लागेको उनले खुलाए ।
कार्यक्रममा अरेविक र इन्डियन खानासँगै गजलको मज्जा लिनसक्ने आयोजकको भनाई रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहयोगापेक्षीको व्यवस्थापन गर्दै काठमाडाैँ महानगर
-
देशमा बेवास्ता, विदेशमा मागः लाइसेन्सको पर्खाइमा मेडिकल माइक्रोबायोलोजिस्ट
-
मुद्दाको कार्य बोझ घटाउन सर्वोच्चको रजिस्ट्रारलाई पूर्वसुनुवाइ र प्रमाण सङ्कलनको जिम्मेवारी
-
समाजवादी र लोकतान्त्रिक मूल्यको रक्षाका लागि साझा अभियान घोषणा गरिँदै
-
रिट्ज–कार्लटन र वेस्टिन नेपाल भित्रिनु देशको पर्यटनका लागि विश्वव्यापी सन्देश हो : विनोद चौधरी
-
ईभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण