अध्यक्ष जयप्रकाश गच्छदारको निधनप्रति देउवाद्वारा दुःख व्यक्त
काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदारको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सभापति देउवाका तर्फबाट आज शोक विज्ञप्ति जारी गरी ५६ वर्षीय गच्छदारको यही असार ३ गते भएको निधनप्रति दुःख व्यक्त गरेका हुन् ।
सभापति देउवाले स्व गच्छदारप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै आत्माको चिरशान्तिको कामना साथै शोकसन्तप्त परिवारजनमा पार्टी र आफ्ना तर्फबाट गहिरो समवेदना प्रकट गरेका छन् ।
स्व गच्छदारले नेपाली कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेको कांग्रेसले जनाएको छ । गच्छदारको निधनबाट कांग्रेसले एक अनुभवी नेतृत्व गुमाएको कांग्रेसले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प
-
रास्वपाको जिल्ला अधिवेशन सुरुः ६७ जिल्लामा निर्वाचन हुँदै, १० जिल्लाको महाधिवेशनपछि हुने
-
विजय मल्ललाई प्राप्त पुरस्कार
-
सरसफाइ नहुँदा सुक्न थाल्यो पर्सा निकुञ्जभित्रको हलखोरिया दह
-
विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीव्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप
-
संविधान संशोधनको बहस र राजनीतिक सहमतिको औचित्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण