गायिका मधुले सामाजिक सञ्जालमा पोखिन् श्रीमान्ले दिएको पिडा
काठमाडौँ । गायिका मधु क्षेत्रीले पति सुरेश खड्काबाट घरेलु हिंसा भोगिरहेको बताएकी छन् । उनले एक भिडियो सार्वजनिक गर्दै आफू घरेलु हिंसामा परेको सार्वजनिक गरेकी हुन् ।
पहिलो बिहेलाई टुंग्याएर खड्कासँग दोस्रो विवाह गर्दै अस्ट्रेलिया पुगेकी उनले आफू घरेलु हिंसामा परेको बताएकी छन् । उनले आफ्नो पेटमा सुरेशको सन्तान रहेको उल्लेख गरेकी छन् ।
‘म उसको दाइ भाउजूसँग किन बोल्नु ? उनीहरुले मलाई तथानाम भनिसके । उसको भाइको बच्चा मैले पेटमा बोकिरहेको छु, तर दुनियाँसँग सम्बन्ध भएकी केटी हो भन्छन्’, उनले भनिन्, ‘मलाई श्रीमान्ले बच्चा फाले फाल, मारे मार, जे सुकै गर, त आफ्नो बाटोमा हिँड, म आफ्नो बाटोमा हिँड्छु भनेका छन् । उसलाई अहिले पनि घरायसी हिंसाको मुद्दा छ ।’ उनले सुरेशले अस्ट्रेलिया आएको चार महिनामा नै बिचल्ली बनाएर छाडेको समेत बताएकी छन् ।
सुरेशले कहिले पनि इज्जत दिएर आफूलाई नराखेको आरोप समेत लगाएकी उनले सुरेश सुध्रन्छन् भनेर आफूले उनका गलत कुराहरूलाई अहिलेसम्म बाहिर नल्याएको बताएकी छन् ।
मधुले पहिलो पतिसँग सम्बन्ध विच्छेद गरेर सुरेशसँग विवाह गरेकी थिइन् । मधु नेपाली साङ्गीतिक क्षेत्रकी चर्चित गायिका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
घरदैलोमै एकीकृत सेवा पाउँदा स्थानीय खुसी
-
टर्कीको एक उड्डयन कम्पनीमा आक्रमण हुँदा कम्तीमा पाँच जनाको मृत्यु
-
जुम्लाबाट एक वर्षमा चार हजारले लिए नागरिकता
-
विदेशी मुद्राको विनिमय दर : आज कुनको मूल्य कति ?
-
कालीगण्डकी जलविद्युत् : लागत दुई खर्ब २४ अर्बभन्दा बढी
-
बिगो निर्धारण निर्देशिकामा व्यक्तिको सङ्लग्नताका आधारमा मात्रै आरोपीमाथि बिगो तोक्ने व्यवस्था गर्न सुझाव