गायिका मधुले सामाजिक सञ्जालमा पोखिन् श्रीमान्ले दिएको पिडा
काठमाडौँ । गायिका मधु क्षेत्रीले पति सुरेश खड्काबाट घरेलु हिंसा भोगिरहेको बताएकी छन् । उनले एक भिडियो सार्वजनिक गर्दै आफू घरेलु हिंसामा परेको सार्वजनिक गरेकी हुन् ।
पहिलो बिहेलाई टुंग्याएर खड्कासँग दोस्रो विवाह गर्दै अस्ट्रेलिया पुगेकी उनले आफू घरेलु हिंसामा परेको बताएकी छन् । उनले आफ्नो पेटमा सुरेशको सन्तान रहेको उल्लेख गरेकी छन् ।
‘म उसको दाइ भाउजूसँग किन बोल्नु ? उनीहरुले मलाई तथानाम भनिसके । उसको भाइको बच्चा मैले पेटमा बोकिरहेको छु, तर दुनियाँसँग सम्बन्ध भएकी केटी हो भन्छन्’, उनले भनिन्, ‘मलाई श्रीमान्ले बच्चा फाले फाल, मारे मार, जे सुकै गर, त आफ्नो बाटोमा हिँड, म आफ्नो बाटोमा हिँड्छु भनेका छन् । उसलाई अहिले पनि घरायसी हिंसाको मुद्दा छ ।’ उनले सुरेशले अस्ट्रेलिया आएको चार महिनामा नै बिचल्ली बनाएर छाडेको समेत बताएकी छन् ।
सुरेशले कहिले पनि इज्जत दिएर आफूलाई नराखेको आरोप समेत लगाएकी उनले सुरेश सुध्रन्छन् भनेर आफूले उनका गलत कुराहरूलाई अहिलेसम्म बाहिर नल्याएको बताएकी छन् ।
मधुले पहिलो पतिसँग सम्बन्ध विच्छेद गरेर सुरेशसँग विवाह गरेकी थिइन् । मधु नेपाली साङ्गीतिक क्षेत्रकी चर्चित गायिका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सहयोगापेक्षीको व्यवस्थापन गर्दै काठमाडाैँ महानगर
-
देशमा बेवास्ता, विदेशमा मागः लाइसेन्सको पर्खाइमा मेडिकल माइक्रोबायोलोजिस्ट
-
मुद्दाको कार्य बोझ घटाउन सर्वोच्चको रजिस्ट्रारलाई पूर्वसुनुवाइ र प्रमाण सङ्कलनको जिम्मेवारी
-
समाजवादी र लोकतान्त्रिक मूल्यको रक्षाका लागि साझा अभियान घोषणा गरिँदै
-
रिट्ज–कार्लटन र वेस्टिन नेपाल भित्रिनु देशको पर्यटनका लागि विश्वव्यापी सन्देश हो : विनोद चौधरी
-
ईभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण