गायक सञ्जिप प्रधानकाे ‘स्टिम इन्जिन’ सार्वजनिक
काठमाडाैँ । लामो समय देखि अमेरिकाको बाल्टिमोरमा बस्दै आएका गायक सञ्जिप प्रधानले हालसालै ‘स्टिम इन्जिन’ बोलको गीत ल्याएका छन् । यो गीतमा संगीत,शब्द तथा स्वर सञ्जिप प्रधानको रहेको छ ।
गायक प्रधानले ‘स्टिम इन्जिन’ बोल गीतको भिडियो सार्वजनिक गरेका छन् । गायक प्रधान आफै र मोडल करिश्मा श्रेष्ठले मोडलिङ गरेको सार्वजनिक भिडियोको गीतमा दिपेश मुल्मीको एरेञ्ज रहेको छ ।
देउरालीको चौतारीमा, नशाभित्र नशासरी, भोलि फेरि सल्लाघारीमा जस्ता लोकप्रिय गीतबाट चर्चामा रहेका प्रधान लामो समयपछि दर्शक माझ फर्केका छन् ।
यो गीतको छायाङ्कन काभ्रेको पनौतीका रमणीय स्थानमा गरिएको छ । भिडियोयात्रामा रहेका एक यात्रीले कल्पना गरिरहेकी सुन्दर युवतीलाई वास्तविक जीवनमा भेटेको दृश्यलाई निर्देशक सुव्रत आचार्यले कलात्मक रुपमा देखाएका छन् ।
निर्देशक आचार्यले प्रधानको यस श्रब्यदृश्यलाई गीत अनुसार पप शैलीमा आधारित भई निर्माण गरिएको बताएका छन् । जया शर्मा क्रियटिभ निर्देशक रहेको सार्वजनिक भिडियोको छायाङ्कन उत्सव दाहालले गरेका हुन् भने सम्पादन विकास दाहालले गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहयोगापेक्षीको व्यवस्थापन गर्दै काठमाडाैँ महानगर
-
देशमा बेवास्ता, विदेशमा मागः लाइसेन्सको पर्खाइमा मेडिकल माइक्रोबायोलोजिस्ट
-
मुद्दाको कार्य बोझ घटाउन सर्वोच्चको रजिस्ट्रारलाई पूर्वसुनुवाइ र प्रमाण सङ्कलनको जिम्मेवारी
-
समाजवादी र लोकतान्त्रिक मूल्यको रक्षाका लागि साझा अभियान घोषणा गरिँदै
-
रिट्ज–कार्लटन र वेस्टिन नेपाल भित्रिनु देशको पर्यटनका लागि विश्वव्यापी सन्देश हो : विनोद चौधरी
-
ईभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण