भीर मौरीको टोकाइबाट १३ जना घाइते
आइतबार, ०९ असार २०८१, २३ : २५
त्रिवेणी । भीर मौरीको टोकाइबाट १३ जना घाइते भएका छन् । मौरीको टोकाइबाट रुकुमपूर्वको भूमे गाउँपालिका–६ खाम्दीमा रहेको जनचेतना आधारभूत विद्यालयका विद्यार्थी, शिक्षक र अभिभावक घाइते भएका हुन् ।
आज विहान विद्यालयमा प्रार्थना गर्ने समयमा एक्कासी आएको भीर मौरीले टोक्दा विद्यार्थी, शिक्षक र अभिभावक घाइते भएको र तीन जनाको अवस्था जटिल रहेको महत स्वास्थ्य चौकी रुकुमपूर्वका अहेव हेमराज ओलीले जानकारी दिए ।
उनका अनुसार मैरीको टोकाइबाट गम्भीर घाइते हुनेमा विद्यालयका प्रधानाध्यापक दिलकुमारी रोका, १० वर्षीय विद्यार्थी नरमान रोका र उनकी आमा रुचि रोका रहेका छन् । उनीहरुलाई सामान्य उपचारपछि जिल्ला अस्पताल रुकुमकोट रेफर गरिएको अहेव ओलीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : रास्वपा जिल्ला अधिवेशनमा कुटाकुट, भारतसँग बहुआयामिक साझेदारीकाे प्रतिबद्धता
-
बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन
-
नेटोले स्वीडेन र फिनल्याण्डमा सुरक्षा सतर्कता बढायो
-
विश्वकपमा भाग लिन इरानी टोली मेक्सिको प्रस्थान
-
कुवेत र बहराइनद्वारा इरानी आक्रमणको निन्दा
-
विश्वकपमा भाग लिन इरानी टोली मेक्सिकोका लागि प्रस्थान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण