काठमाडौँ महानगरपालिकाकाे बजेट सभामा ड्रोनकाे प्रयोग हुने
काठमाडौँ । संघीय सरकार समेत रहेको काठमाडौँ महानगरपालिकाले बजेट सभालाई विशेष कभर गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८१–८२ को पालिका बजेट, नीति तथा कार्यक्रम तथा नगर आर्थिक विधेयक २०८१ सार्वजनिक गर्दै गरेको महानगरपालिकाले सोमबारको नगर सभामा विशेष व्यवस्था गरेको हो ।
राष्ट्रियसभामा आयोजित नगर सभालाई विशेष सजावट गरिनुका साथै सभाको सम्पूर्ण गतिविधि छायाङ्कनका लागि विशेष ड्रोनको प्रयोग गरिएको महानगरपालिकाका प्रवक्ता तथा वडा नम्बर १७ का अध्यक्ष नवीन मानन्धरले जानकारी दिए ।
काठमाडौँ महानगरपालिकाले आज आर्थिक वर्ष २०८१–८२ को नीति तथा कार्यक्रम सम्बन्धमा छलफल गर्ने र पारित गर्ने साथै उपमेयर सुनिता डङ्गोलबाट आर्थिक वर्ष २०८१–८२ को वार्षिक बजेट समेत सार्वजनिक गर्ने कार्यक्रम राखेको छ ।
लगत्तै महानगरका मेयर (प्रमुख) बालेन्द्र शाह (बालेन) ले आर्थिक विधेयक २०८१ प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘नेतृत्वमा नारी, समृद्धिमा सहकारी’ नारासहित अन्तर्राष्ट्रिय महिला सहकारी सम्मेलन हुँदै
-
एलिनाको ‘रुकुमको ठग’ टिप्पणीपछि आयोजकको प्रतिवाद, ‘सबै प्रमाण सुरक्षित छ, कानुनी उपचार खोज्छु’
-
रास्वपा अन्तर्राष्ट्रिय सम्बन्ध विभाग सदस्यमा कार्की मनोनीत
-
रवि लामिछानेले बोलाए सर्वदलीय बैठक
-
संरक्षण अभावमा रामप्रसाद राईको शालिकसहित पार्क सङ्कटमा
-
केराको बोट सुक्न थालेपछि किसान चिन्तित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण