बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

काठमाडौँ महानगरपालिकाकाे बजेट सभामा ड्रोनकाे प्रयोग हुने

सोमबार, १० असार २०८१, १३ : ३२
सोमबार, १० असार २०८१

काठमाडौँ । संघीय सरकार समेत रहेको काठमाडौँ महानगरपालिकाले बजेट सभालाई विशेष कभर गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८१–८२ को पालिका बजेट, नीति तथा कार्यक्रम तथा नगर आर्थिक विधेयक २०८१ सार्वजनिक गर्दै गरेको महानगरपालिकाले सोमबारको नगर सभामा विशेष व्यवस्था गरेको हो । 

राष्ट्रियसभामा आयोजित नगर सभालाई विशेष सजावट गरिनुका साथै सभाको सम्पूर्ण गतिविधि छायाङ्कनका लागि विशेष ड्रोनको प्रयोग गरिएको महानगरपालिकाका प्रवक्ता तथा वडा नम्बर १७ का अध्यक्ष नवीन मानन्धरले जानकारी दिए । 

काठमाडौँ महानगरपालिकाले आज आर्थिक वर्ष २०८१–८२ को नीति तथा कार्यक्रम सम्बन्धमा छलफल गर्ने र पारित गर्ने साथै उपमेयर सुनिता डङ्गोलबाट आर्थिक वर्ष २०८१–८२ को वार्षिक बजेट समेत सार्वजनिक गर्ने कार्यक्रम राखेको छ । 

लगत्तै महानगरका मेयर (प्रमुख) बालेन्द्र शाह (बालेन) ले आर्थिक विधेयक २०८१ प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप