कर्णालीका तीन गाउँपालिकाले अझै ल्याउन सकेनन् बजेट
बुधबार, १२ असार २०८१, ०८ : ५२
सुर्खेत । स्थानीय तहहरूले असार १० गतेभित्र बजेट ल्याइसक्नुपर्ने प्रावधान छ । तर कर्णालीका कतिपय पालिकाहरूले तोकिएको समयभित्र बजेट ल्याउन सकेका छैनन् ।
गाउँपालिका महासङ्घ कर्णाली प्रदेशका अनुसार ५४ वटा गाउँपालिकामध्ये तीन वटाले बजेट ल्याउन सकेका छैनन् । कर्णालीमा २५ नगरपालिका र ५४ गाउँपालिका गरी ७९ वटा स्थानीय तह छन् ।
गाउँपालिका महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष निमबहादुर केसीका अनुसार सल्यानको कुमाख, हुम्लाको चङ्खेली र दैलेखको भैरवी गाउँपालिकाले समयभित्रै बजेट ल्याउन सकेका छैनन् । ‘जनप्रतिनिधिहरूबिच विवाद, असहमति हुँदा पालिकाहरूले बजेट ल्याउन सकेनन्,’उनले रातोपाटीसँग भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघलाई प्रदेशको चुनौतीः पहिलेको अकर्मण्यता, अहिलेको सनक
-
निजामती कर्मचारी अस्पतालको सेवा अब प्रदेशस्तरमा पनि उपलब्ध
-
कम्बोडियामा ६६ नेपाली सम्पर्कविहीन (नामावलीसहित)
-
परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता
-
ईभी ट्याक्सी चलाएर डेढ लाखसम्म आम्दानी
-
‘नवीकरण गरिएका र नयाँ क्रियाशील सदस्यलाई अद्यावधिककाे नाममा दिइएकाे दबाब अत्यन्त घातक छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण