अशोक राई नेतृत्वको जसपाको केन्द्रीय समिति बैठक जारी
काठमाडौँ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको केन्द्रीय समितिको दोस्रो दिनको बैठक जारी रहेको छ ।
बैठकमा उपस्थित केन्द्रीय सदस्यहरुले जसपाका अध्यक्ष अशोक राईले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफलका क्रममा आफ्नो धारणा राखिरहेका छन् । राजनीतिक प्रतिवेदनमाथि आआफ्नो धारणा राखिसकेपछि संशोधनसहित त्यो प्रतिवेदन पास हुने सो पार्टीका उपमहासचिव एवं स्वास्थ्य मन्त्री प्रदीप यादवले बताए ।
उनले भने, ‘केन्द्रीय सदस्यले राखेको जिज्ञासाको जवाफ पार्टी नेतृत्वले दिन्छ । त्यसपछि संगठन निर्माणका रणनीतिबारे छलफल भई बैठक सकिन्छ ।’
उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट अलग भएर अशोक राईसहित सात जना सांसदले जसपा गठन गरेका छन् । पार्टी विभाजनको विरुद्धमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् । उक्त मुद्दामा सर्वोच्च अदालतले अल्पकालिन आदेश जारी गरेको छ ।
सो आदेशपछि सनाखत लगायतका कामहरू रोकिएको छ । यद्यपि दुवै पार्टीले आआफ्नो सङ्गठनको कार्यलाई अगाडि बढाएको छ । जसपा नेपालले त महाधिवेशन नै सम्पन्न गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण