स्वरुपाको नयाँ गीत 'मनमा तिम्रो' सार्वजनिक
शुक्रबार, १४ असार २०८१, १० : ०३

काठमाडौँ । गायिका स्वरुपा सुवालको स्वर रहेको पप शैलीको गीत 'मनमा तिम्रो' सार्वजनिक गरिएको छ ।
प्रेममा विश्वासघात गर्नेहरूसँग आफ्नो चोखो माया साट्न नसक्ने अडान गीतमा गायिकाले गरेकी छन् । स्वरुपाकै शब्द तथा सङ्गीत रहेको गीतमा राजन इशानको एरेन्ज छ ।
मनमा सजाएको प्रेमीले धोका दिए पनि आफ्नो जीवनको साहसिक यात्रा गर्न रुचाउने एक चेलीको कथालाई भिडियोको देखाइएको छ । भिडियोमा गायिका स्वरूपा र विकाश लामिछानेको अभिनय छ । भिडियोमा स्वरुपासँगै विकाश गज्जबले खुलेका छन् ।
सुब्रत आचार्यको निर्देशन रहेको भिडियोमा उत्सव दाहालको छायाङ्कन र विकाश दाहालको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका र चीनबिच लन्डनमा नयाँ चरणको व्यापार वार्ता हुँदै
-
इजरायली सेनाले रोक्यो गाजातर्फ गइरहेको जहाज
-
फिल्म ‘सोल्टिनी’ को पहिलो गीत ‘सत्य जुगैको’ सार्वजनिक
-
सदन अवरोध हटाउन कांग्रेसको मध्यमार्गी प्रस्ताव, प्रतिपक्षी दलहरू छलफलमा
-
जन्मदिन मनाउन व्यस्त छन् राजेश हमाल : कति पुग्यो उमेर ?
-
स्वरूपराज आचार्यले स्वर दिएको नयाँ गीत सार्वजनिक