एमालेसँगको सत्ता सहकार्यबारे कांग्रेसले गर्यो विपक्षी दलसँग छलफल
मङ्गलबार, १८ असार २०८१, २१ : ३८
काठमाडौँ । नेपाली कांग्रेसले नेकपा एमालेसँगको सत्ता सहकार्यको सहमतिबारे विपक्षी दलसँग छलफल गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार साँझ आफ्नो निवासमा सोमबार राति एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको सहमतिबारेमा विपक्षी दलका नेताहरूलाई ब्रिफिङ गरेका हुन् ।
देउवा निवासको छलफलमा जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर लगायतका नेताहरू सहभागी थिए ।
बैठकमा देउवाले एमालेसँग मिलेर नयाँ सरकार बनाउन लागेकाले साथ दिन उनीहरूलाई आग्रह गरे थिए । यादव, लिङ्देन र ठाकुरले सकारात्मक जवाफ दिएको देउवाका स्वकीय सचिव भानु देउवाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
-
रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ : माधव नेपाल
-
भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान
-
एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
स्वास्थ्य मन्त्रालयका सचिव डिल्लीराम शर्माको सरुवा
-
एन्थ्रोपिकका सह–संस्थापकको चेतावनीः एआईलाई ‘ब्रेक पेडल’ चाहिन्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण