लुम्बिनी प्रदेश सभा बैठक स्थगित
शुक्रबार, २१ असार २०८१, १६ : २७

बुटवल । आइतबारका लागि बोलाएको लुम्बिनी प्रदेश सभा बैठक स्थगित भएको छ । अर्को सूचना प्रकाशन नभएसम्मका लागि बैठक स्थगित भएको हो ।
लुम्बिनी प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जारी गरेको सूचनामा विशेष कारण बस सभामुखको निर्देशनमा प्रदेश सभा बैठक स्थगित गरिएको उल्लेख छ ।
लुम्बिनी प्रदेश सभा नियमावली २०७९ को नियम १२ को उपनियम ३ बमोजिम स्थगित गरिएको पुनले जानकारी दिए ।