नेपालको राजनीतिमा एकीकृत समाजवादी निर्णायक : माधव नेपाल
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपालको राजनीतिमा आफ्नो पार्टी अहम् र निर्णायक रहेको बताएका छन् । प्रवासी नेपाली एकता मञ्च अन्तरास्ट्रिय कमिटी प्रवास विशेष प्रदेश कमिटीको शनिबार सम्पन्न प्रथम अन्तर्राष्ट्रिय अधिवेशनलाई सम्वोधन गर्दै अध्यक्ष नेपालले सो कुरा बताएका हुन् ।
अध्यक्ष नेपालले नेपाली राजनीतिमा जुनसुकै परिघटनामा एकीकृत समाजवादीको खोजी हुने गरेको समेत बताए । सो पार्टीका सम्मानित नेता झलनाथ खनालले नेपाली कम्युनिष्ट आन्दोलनका भष्मासुर केपी ओलीले कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्न खोजेको भन्दै कम्युनिष्ट आन्दोलन जोगाउन नेपालमा पहिलो पल्ट नेपाली विशेषताको समाजवादी कार्यक्रम पारित गर्दै नेकपा (एकीकृत समाजवादी) ले पार्टीको दशौ महाधिवेशन सम्पन्न गरेको बताए ।
अधिवेशनले ध्रुव सुवेदी अस्ट्रेलियाको अध्यक्षतामा ४५ सदस्यीय प्रवासी नेपाली एकता मञ्च प्रवास समन्वय कमिटी गठन गरेको छ । अधिवेशनले कमिटीको वरिष्ठ नेतामा भिम कार्की अमेरिका उपाध्यक्षमा शङ्कर पन्त अमेरिका सचिवमा नरेश श्रेष्ठ कतार उपसचिवमा पदम गिरी कतारलाई चयन गरेको छ ।
कमिटीमा २२ देशमा रहेका राष्ट्रियका अध्यक्षहरु पदेन सदस्यको रुपमा रहेको नेकपा ( एकीकृत समाजवादी) प्रवास इन्चार्ज श्रीप्रसाद साहले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मलाई न्याय र राजनीतिमा मात्र सीमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँ: सुशीला कार्की
-
काठमाडौँमा कलिङ्गा साहित्य महोत्सव सुरु (तस्बिरहरु)
-
मिथिला खानपानमा आँपको अचार
-
'मानव अधिकार आयोग प्रधानमन्त्रीसँग डराएको छैन'
-
लिमी चौकीमा फर्किए सुरक्षाकर्मी
-
जेनजी आन्दोलनबारे मानव अधिकार आयोग: गोली संसद् भवनभित्रबाटै चल्यो, कसले चलायो थाहा छैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण