‘इन्टिमेट सिन गर्न कुनै हिचकिचाहट छैन तर प्रचारका लागि जबरजस्ती समावेश गर्नुहुँदैन’
मुम्बई । रकुल प्रीत सिंहको नाम बलिउडकी ग्ल्यामरस अभिनेत्रीमा गनिन्छ । उनले एक अन्तर्वार्तामा इन्टिमेट सिनको बारेमा कुरा गरेकी थिइन् ।
उनले आफूलाई इन्टिमेट सिन गर्न कुनै हिचकिचाहट नभएको बताइन् । रकुलले भनिन्–‘म दृश्यको मागअनुसार इन्टिमेट सिन वा लिपलक गर्न तयार छु । तर प्रचारका लागि यस्ता दृश्यलाई फिल्ममा जबरजस्ती समावेश गर्नुहुँदैन ।’
न्युज १८ को रिपोर्टका अनुसार अभिनेत्रीले ग्ल्यामर फिल्म उद्योगको अत्यावश्यक हिस्सा भएको बताउँदै सबैले आफ्नो मनपर्ने अभिनेत्रीलाई ग्ल्यामरस कपडामा हेर्न चाहेको बताइन् ।
रकुल छिट्टै फिल्म ‘इन्डियन २’ मा देखिनेछिन् । यो फिल्म जुलाई १२ मा हलमा रिलिज हुनेछ । फिल्ममा कमल हसन मुख्य भूमिकामा देखिनेछन् । उनीहरूका अलावा प्रिया भवानी शंकर, काजल अग्रवाल, बबी सिम्हा, सिद्धार्थ, समुथिराकनी र ब्रह्मानन्दम पनि यस फिल्मको हिस्सा रहनेछन् ।
यो फिल्मको पहिलो भाग सन् १९९६ मा रिलिज भएको थियो । अब २८ वर्षपछि यसको दोस्रो भाग रिलिज हुँदैछ ।
यस बाहेक रकुल फिल्म ‘दे दे प्यार दे’ को सिक्वेलमा पनि देखिनेछिन् । यस फिल्ममा उनको साथ अजय देवगन र आर माधवन रहनेछन् ।
रकुल प्रीतले सन् २००९ मा कन्नड फिल्म ‘गिल्ली’ बाट इन्डस्ट्रीमा प्रवेश गरेकी थिइन् । उनले हिन्दी, तेलुगु र तमिल सबै फिल्ममा काम गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
-
तीन मौसमी वायुको असर : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण