बाढीले बगाएर कैलाली र कञ्चनपुर जिल्लामा दुई जना बेपत्ता
कञ्चनपुर । वर्षासँगै नदीमा आएको बाढीमा बगेर कैलाली र कञ्चनपुर जिल्लामा दुई जना बेपत्ता भएका छन् ।
प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार कैलालीको कैलारी गाउँपालिका–९ गदरिया गाउँको भुर्रा नदीमा डुबेर आइतबार साँझ सोही ठाउँका १८ वर्षीय अजय राना वेपत्ता भएका छन् । नुहाउने क्रममा डुबेर बेपत्ता भएका रानाको प्रहरीले खोजी गरिरहेको छ ।
यस्तै आइतबार नै कञ्चनपुरको बेलडाँडी गाउँपालिका––३ का २३ वर्षीय डम्मर चौधरी नजिकै रहेको चौदर नदीमा डुबेर बेपत्ता भएका छन् । नदीमा माछा मार्न गएको बेला चौधरी डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
शनिबार डडेलधुरा पर्शुराम नगरपालिका–३ का ५६ वर्षीय नवराज पनेरुको पहिरोमा पुरिएर मृत्यु भएको थियो । गाउँ नजिकैको भातगडा भन्ने ठाउँमा रहेको खानेपानीको मुहान सरसफाइ गर्ने क्रममा माथिबाट खसेको पहिरोमा परी पनेरुको घटनास्थलमै मृत्यु भएको थियो ।
अविरल वर्षासँगै ती दुई जिल्लाका विभिन्न नदी र खोलाको जल सतह बढेपछि नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन स्थानीय प्रशासनले सूचना गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निःशुल्क विश्वकप हेर्न खोज्दा ११५ जनाले गुमाए २ करोड २९ लाख
-
झलनाथ खनालको आह्वान : वामपन्थी एकतालाई दीर्घकालीन रूपमा अघि बढाऔँ
-
प्रतिनिधि सभाबाट दुई विधेयक पारित, पूरा भयो बजेट प्रक्रिया
-
बजेट असारभित्रै पारित हुन्छ, सरकार ढल्दैन : मुख्यमन्त्री शाह
-
चार पूर्वप्रधानमन्त्री एकै मञ्चमा, ३० तस्बिरमा हेर्नुहाेस्
-
मदन भण्डारी ‘राष्ट्रिय पुरस्कार’ बाट रमेश रुछेन राई पुरस्कृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण