बाँकेमा चट्याङ लागेर दुई महिलाको मृत्यु
मङ्गलबार, २५ असार २०८१, २१ : ३१

बाँके । बाँकेमा चट्याङ लागेर दुई महिलाको मृत्यु भएको छ । अर्की एक महिला घाइते भएकी छिन् ।
राप्तिसोनारी गाउँपालिका–२ कचनापुरको हरिहरपुर गाउँमा धान रोप्ने क्रममा दुई महिलाको चट्याङ लागेर ज्यान गएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए । मृत्यु हुनेमा ३२ वर्षीया सम्झना विक र ३२ वर्षीया वसन्ती उपाध्याय रहेका छन् ।
गम्भीर घाइते दुवैको उपचारका क्रममा ज्यान गएको हो । चट्याङ लागेर ३० वर्षीया सलिना विक गम्भीर घाइते भएकी छिन् । उनको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेश सभाबाट नीति तथा कार्यक्रम बहुमतले पारित
-
थेबेलाई दोहोर्याउने पक्षमा ओली र विद्या, युवा संघको महाधिवेशन स्थलमा नाराबाजी
-
रानीबारीमा सुन र मोबाइल चोरी
-
ललितपुरसहित देशका विभिन्न स्थानमा सवारी दुर्घटना, चार जनाको मृत्यु
-
बुहारीको हत्या गरेको अभियोगमा पक्राउ
-
झापा र इलाममा जबरजस्ती करणी, दुई जना पक्राउ