सुरक्षा/अपराध
पासपोर्ट र भिसाबिनै नेपालमा बस्दै आएका २४ बङ्गलादेशी नागरिक पक्राउ
बुधबार, १० असार २०८३, २० : ०३
काठमाडौँ । पासपोर्ट नभएका तथा पर्यटक भिसाको अवधि सकिएपछि पनि नेपालमै गैरकानुनी रूपमा बस्दै आएका २४ जना बङ्गलादेशी नागरिक पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार विभिन्न समयमा नेपाल प्रवेश गरेका ती नागरिक स्थायी परिचय खुल्ने कागजात र पासपोर्टबिनै तथा म्याद सकिएको पर्यटक भिसामा काठमाडौँका विभिन्न क्षेत्रमा बसोबास गर्दै आएका थिए।
प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका–१५ डल्लु, सितापाइला लगायतका क्षेत्रमा रहेका कपडा कारखानामा काम गरिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेका २४ जनालाई आवश्यक कारबाहीका लागि अध्यागमन विभाग, कालीकास्थान पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सियाटलमा बोस्नियाको वर्चस्व, पहिलो हाफमा कतार २–१ ले पछाडि
-
सात विपन्न परिवारलाई घर
-
रास्वपा महाधिवेशनमा सुरु भयो मतदान
-
मध्यरातसम्म पनि सुरु भएन रास्वपाको मतदान, लाइनमै छन् प्रतिनिधि
-
१२ बजे १२ समाचार: रास्वपालाई महाधिवेशन व्यवस्थापन गर्नै धौधौदेखि कर्णालीको ‘कन्तबिजोग’सम्म
-
गर्मी बढेपछि वीरगन्जका विद्यालय ४ दिन बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण