‘बधाई छ तिमीलाई’ मा पल र अन्जनाको रोमान्स
शनिबार, २९ असार २०८१, २२ : ३७
काठमाडौँ । ‘मिस हङकङ नेपाल–२०२३’ कि विजेता अन्जना पुन र नायक पल शाहको अभिनय गरेको म्युजिक भिडियो ‘बधाई छ तिमीलाई’ अहिले चर्चामा छ । यो गीतको शब्द, सङ्गीत, स्वरसँगै भिडियोका कारण पनि चर्चामा रहेको छ । भिडियोको पल र अन्जनाको केमेस्ट्रीलाई दर्शकले मन पराएका छन् ।
युवराज चौंलागाइँको स्वर रहेको यो गीतमा चन्द्र ज्योति आलेको शब्द, राजकुमार बगरको सङ्गीत छ । पल शाहकै निर्देशनमा तयार भएको यो भिडियोमा दिनेश पराजुलीको छायाङ्कन, मिलन विश्वकर्माको सम्पादन छ ।
भिडियोमा अभिनय गरेकी अन्जना ‘मिस नेपाल–२०२४’ की प्रतिस्पर्धी समेत हुन् । ‘मिस हङकङ’ को उपाधि जित्नु अगाडि नै अन्जना मोडलिङमा सक्रिय थिइन् । अन्जनाले ‘कायरा बुटिक फेसन शो, टीजीआइएफ फेसन विक, हङकङ फेसन शो’ मा समेत सहभागिता जनाइसकेकी छिन् । उनले एनजीओमा समेत काम गरेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी बढेसँगै उपत्यकाका पौडी पोखरीमा बढ्यो भिडभाड, तस्बिरहरु
-
कांग्रेस कपिलवस्तुका सहसचिव अरशदले दिए राजीनामा
-
‘द लास्ट डान्स’
-
प्रधानमन्त्रीको निर्देशनअनुसार काम गरिरहेका छौँ : स्वास्थ्यमन्त्री मेहता
-
पूर्व सांसद तथा एमाले नेता गुप्ताको निधन
-
नबिल बैंकद्वारा नेपाल–भारत–नेपाल क्रस-बोर्डर पीटुपी रेमिट्यान्स सेवा सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण