‘बधाई छ तिमीलाई’ मा पल र अन्जनाको रोमान्स
शनिबार, २९ असार २०८१, २२ : ३७

काठमाडौँ । ‘मिस हङकङ नेपाल–२०२३’ कि विजेता अन्जना पुन र नायक पल शाहको अभिनय गरेको म्युजिक भिडियो ‘बधाई छ तिमीलाई’ अहिले चर्चामा छ । यो गीतको शब्द, सङ्गीत, स्वरसँगै भिडियोका कारण पनि चर्चामा रहेको छ । भिडियोको पल र अन्जनाको केमेस्ट्रीलाई दर्शकले मन पराएका छन् ।
युवराज चौंलागाइँको स्वर रहेको यो गीतमा चन्द्र ज्योति आलेको शब्द, राजकुमार बगरको सङ्गीत छ । पल शाहकै निर्देशनमा तयार भएको यो भिडियोमा दिनेश पराजुलीको छायाङ्कन, मिलन विश्वकर्माको सम्पादन छ ।
भिडियोमा अभिनय गरेकी अन्जना ‘मिस नेपाल–२०२४’ की प्रतिस्पर्धी समेत हुन् । ‘मिस हङकङ’ को उपाधि जित्नु अगाडि नै अन्जना मोडलिङमा सक्रिय थिइन् । अन्जनाले ‘कायरा बुटिक फेसन शो, टीजीआइएफ फेसन विक, हङकङ फेसन शो’ मा समेत सहभागिता जनाइसकेकी छिन् । उनले एनजीओमा समेत काम गरेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बौरिन खोज्दै राजावादी आन्दोलनमा जलाइएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी
-
भारतमा कोरोना संक्रमितको संख्या ६ हजार नाघ्यो, ५८ जनाको मृत्यु
-
राष्ट्रिय सभाको बैठक बस्दै
-
नेसपा (नयाँशक्ति) ले विशेष समारोह गरी १० औं स्थापना दिवस मनाउँदै
-
प्रत्यारोपणमा उपयोग हुने वस्तु सरकारी फार्मेसीमै अनिवार्य गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र
-
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य