नदीमा बेपत्ता बालकको शव फेला
रौतहट । रौतहटस्थित बागमती नदीमा बेपत्ता बालकको शव आज प्रहरीले फेला पारेको छ । सोमबार बागमती नदीमा डुबेका तीन बालकमध्ये दुईको उद्धार गरिएको थियो । एक बेपत्ता थिए ।
गढीमाई नगरपालिका–३ लक्ष्मीपुर बस्ने हकुदिन कवाडीको छोरा अन्दाजी वर्ष १० को सफर कवाडीको शव गढीमाई नगरपालिका–७ धर्मपुरस्थित बेपत्ता भएको स्थानबाट तीन किमी दक्षिण नदी किनारमा फेला परेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी विक्रम हुमागाईंले जानकारी दिए ।
पानीमा डुबेका अन्य दुई बालकहरू १३ वर्षीय सैदुला कवाड़ी र आठ वर्षीय हसर कवाड़ीको सकुसल उद्धार गरिएको हुमागाईंले बताए । पानीमा डुबेका सैदुला कवाड़ीको उपचार रोमा अस्पताल गरुडामा भइरहेको र अवस्था सामान्य रहेको उनले बताए ।
बेपत्ता बालकको खोजीमा सशस्त्र प्रहरी रौतहटका प्रहरी निरीक्षक भुवन घिमिरेको कमाण्डमा नेपाली सेना र नेपाल प्रहरी गरी ३० जनाको टोली खटिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
-
तीन मौसमी वायुको असर : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण