सोमबार, २६ जेठ २०८२
ताजा लोकप्रिय

सुष्माको ‘तिते करेलीमा अमिलो ट्वाक्क’ सार्वजनिक

बिहीबार, ०३ साउन २०८१, १० : १६
बिहीबार, ०३ साउन २०८१

काठमाडौंँ । पछिल्लो समयकी चर्चित गायिका सुष्मा बीसी, प्रमोद भुषाल र देवी घर्तीको स्वर रहेको तीज गित ‘तिते करेलीमा अमिलो ट्वाक्क’ सार्वजनिक भएको छ । गीतमा शब्द र संगीत प्रमोद भुसालको रहेको छ ।

गीतमा कृष्ण बाजुरालीको संगीत संयोजन रहेको छ ।  म्युजिक भिडियोमा गायिका स्वयम सुष्मा, मोडल नारायणी खत्री, सञ्चिता बोलाखे उमराज थापा लगायतको अभिनय छ ।

प्रविन थापाको कोरियोग्राफी तथा निर्देशन गरेको भिडियोको छायाङ्कन राजेश घिमिरेले गरेका हुन् भने सम्पादन अमृत चापागाईंले गरेका छन् । भिडियो प्रमोद भुषालको अफिसियल युट्युब च्यालनबाट सार्वजनिक गरिएको हो ।

यसअघि गायिका सुष्मा र प्रमोदले आफ्नो स्वरमा लोकदोहोरी गीत ‘गठबन्धन’ सार्वजनिक गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप