त्रिशूलीमा हराएका २३ जनाको शव फेला (सूचीसहित)
काठमाडौँ । त्रिशूलीमा दुई वटा डिलक्स बस त्रिशूलीमा खस्दा बेपत्ता भएका २३ जनाको शव भेटिएको छ । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट नदीमा खसेको बसमा सवार २३ जनाको शव भेटिएको सशस्त्र प्रहरी बलका सह प्रवक्ता शैलेन्द्र थापाले रातोपाटीलाई बताए ।
सशस्त्र प्रहरीका अनुसार ९ जनाको सनाखत हुन सकेको छैन । सनाखत नभएका शवहरु ८ जना पुरष र १ जना महिलाको छ । असार २८ मा काठमाडौँबाट गौर जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स र बीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स त्रिशूलीमा खसेका हुन् । बसमा सवार अन्य यात्रु र दुवै बस बेपत्ता छन् ।
भरतपुर महानगरपालिका स्थित गोलाघाट, पूर्वी नवलपरासीमा पर्ने ब्यारेज पुल, गण्डक नहर र नवलपरासी पश्चिमको त्रिवेणीमा शव भेटिएका हुन् । पूर्वी नवलपरासीमा १६ वटा शव भेटिएको छ ।
फेला परेका शव:
१. ऋषिपाल शाह, भारत
२. विकाश परियार, चितवन
३.रमित कुमार माझी, सर्लाही
४. जय प्रकश ठाकुर, भारत
५. सजाद अन्सारी, भारत
६. सुदिप बिक, चितवन
७. प्रमानन्द पण्डित, बारा
८. किशोर कुमार चौधरी, गणपति डिलक्सको चालक ।
९. अशोक कुमार यादव, रौतहट
१०.ऋषिकुमार सिंह, रौतहट
११. विवेक कुमार, भारत
१२. जितेन्द्र राम महरा, सर्लाही
१३. चन्द्र प्रभा कुमारी, पर्सा
१४. अमृता कुमारी, रौतहट ।
९ जनाको सनाखत हुन बाँकी रहेको ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण