ज्ञानेन्द्र शाहीले गरे 'नमेटिने घाउ’को डविङ
काठमाडौं । अभिनेता रमित ढुङ्गानाको निर्माण तथा निर्देशन रहेको सत्य घटनामा आधारित चलचित्र “नमेटिने घाउ’’ यति बेला डबिङमा छ । चलचित्रमा अभिनय गरेका सांसद ज्ञानेन्द्र शाहीले आफ्नो पाटोको डबिङ सकाएका छन् ।
चलचित्रमा प्रधानमन्त्री केपी शर्मा ओलीको समेत अभिनय रहेको छ । उनले केहि दिनमा डबिङ गर्ने निर्देशक रमित ढुङ्नाले जानकारी दिए ।
छिट्टै प्रदर्शनमा आउन लागेको चलचित्र “नमेटिने घाउ’’ एसिड पीडितहरुको बास्तविक जीवनीमा आधारित छ । चलचित्रमा एसिड आक्रमणमा परेका ३३ जना पीडितहरुको कथालाई समेटेर बनाईएको छ । चलचित्रमा शिवम् अधिकारीको कथा, ओम सुनारको संगीत छ ।
रमित ढुंगाना फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण गरिएको यस चलचित्रमा प्रहरी उपरीक्षकद्वय बालनसिंह राणा र कुमुद ढुगेल, प्रहरी निरीक्षक जेआर शर्मा लगायत दुई सय भन्दा बढी प्रहरीको अभिनय रहेको छ।
यस्तै चलचित्रमा मुस्कान खातुन, प्राप्ति पौडेल ,इभा गिरी, कमल देबकोटा,सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, उपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह कुसुहा,लालना चिमोरिया,स्वस्तीमा कार्की, लिजा कोरानी,एलिसा गुरुङ,बिशाल देबकोटा ,आरजु अधिकारी ,आरजु लेखक लगायत अभिनय छ ।
‘नमेटिने घाउ’मा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल र सासंदद्वय देवेन्द्र पौडेल र ज्ञानेन्द्र शाहीको पनि अभिनय छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा
-
५३ वर्षपछि ‘न्युयोर्क निक्स’ले उचाल्यो ‘एनबीए’ उपाधि
-
जनभावना विपरीतकाे अभिव्यक्तिले पार्टीको रक्षा हुँदैन : पोखरेल
-
जेनजी आन्दोलनमा जलेको भन्दै गण्डकीले खर्च गरेको साढे ४ अर्बको लेखा परीक्षण भएन
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण