वन्यजन्तुको सिकारमा सम्लग्न एकजना चित्तलको मासुसहित पक्राउ, तीन जना फरार
बाँके । जिल्लाबाट चित्तलको मासुसहित एकजनालाई पक्राउ गरिएको छ । बाँके राष्ट्रिय निकुञ्ज र निकुञ्ज सुरक्षामा तैनाथ रणबम गणमा कार्यरत नेपाली सेनाको संयुक्त गस्ती टोलीले गएराति कोहलपुर नगरपालिका–१३ का मोहन थारूलाई ६० किलोग्राम चित्तलको मासुसहित पक्राउ गरेको हो ।
निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत मनोजकुमार साहका अनुसार निकुञ्जको महादेवा पोष्टको करिब दुई सय मिटर उत्तरतर्फ निकुञ्जको कोर क्षेत्रबाट थारू पक्राउ परेका हुन् । थारूसँगै वन्यजन्तुको सिकारमा सम्लग्न अन्य फरार रहेका जनाउँदै उनीहरुको खोजी भइरहेको उनले बताए ।
“चोरी–सिकारी गर्ने टोलीले निकुञ्जभित्र एक राउन्ड हवाई फायर गरेका थिए । निकुञ्जभित्र गोली चलेको आवाज सुनेपछि प्रहरीको गस्ती टोली त्यहाँ पुगेको थियो”, साहले भने, “गस्ती टोली आएको थाहा पाएर तीनजना भागेका तीन जना अझै फरार छन् । मोहन थारू भने चित्तलको मासुसहित पक्राउ परेका हुन् ।”
पक्राउ परेका थारूका साथबाट एक थान भरुवा बन्दुक, दुई ठाउँमा गोली लागेको ६० केजीको मृत वयस्क चित्तल र अन्य बन्दोबस्तीका सामान फेला परेको अधिकृत साहले जानकारी दिए । उनले अन्य सिकारीहरु घटनास्थलबाट फरार भएकाले खोजी भइरहेको बताउँदै वन्यजन्तु सिकार गर्नेहरु सबैलाई नियमानुसार कारबाही गरिने जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेसमा सर्पदंशका घटना बढ्दै
-
श्रमिकलाई न्यूनतम ज्याला नदिने रोजगारदातामाथि कारबाही गर्ने सरकारको चेतावनी
-
बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार
-
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
-
वीरगन्ज महानगरपालिकाले ल्यायो ४ अर्ब ४२ करोडको बजेट
-
३५ वर्षमुनिका युवालाई प्राथमिकता दिँदै कांग्रेसले खटायो ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण