बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

मानव अधिकारको संरक्षण र प्रवर्द्धन गर्ने काम सरकारको हो : अध्यक्ष मगर

बुधबार, १० असार २०८३, १३ : ०९
बुधबार, १० असार २०८३

सारांश

  • राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले मानव अधिकारको संरक्षण र प्रवर्द्धन गर्ने मुख्य जिम्मेवारी सरकारको भएको बताएका छन्।
  • उनले व्यवसाय सञ्चालन गर्दा मानव अधिकार हनन भए त्यसको निगरानी राख्न सरकारलाई सचेत गराएका छन्।
  • अध्यक्ष मगरले व्यवसायीहरूलाई मानव अधिकारको सम्मान गरेर अघि बढ्न निर्देशन दिएका छन्।

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले मानव अधिकारको संरक्षण र प्रवर्द्धन गर्ने मुख्य जिम्मेवारी सरकारको भएको बताएका छन्। 

बुधबार काठमाडौँमा आयोजित व्यवसाय र मानव अधिकारसम्बन्धी राष्ट्रिय संवाद कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन्।

अध्यक्ष मगरले व्यवसाय सञ्चालन गर्दा कुनै पनि किसिमबाट मानव अधिकार हनन भएको भए त्यसको कडा निगरानी राख्न सरकारलाई सचेत गराए। यसका साथै उनले मानव अधिकारको सम्मान गरेर अघि बढ्ने काममा केन्द्रित हुन व्यवसायीहरूलाई पनि निर्देशन दिए। आयोगले मानव अधिकारको उल्लंघन गर्ने दोषीलाई कारबाही गर्नका लागि सरकारलाई आवश्यक निर्देशन दिँदै आएको समेत उनले स्पष्ट पारे।

कार्यक्रममा बोल्दै उनले भने, ‘मानव अधिकारको संरक्षण, सम्वद्र्धन गर्ने काम सरकारको हो। सरकारले यसको व्यवस्था गर्नुपर्दछ। व्यवसाय सञ्चालन गर्दाखेरी कुनै किसिमबाट मानव अधिकार हनन हुन गएको छ भने त्यसको सरकारले निगरानी राख्नुपर्दछ। त्यसै गरेर व्यवसाय गर्ने विजनेसम्यानहरुले पनि आफनो विजनेस सञ्चालन गर्दा मानव अधिकारको हनन हुन दिनु हुँदैन। त्यसको सम्मान गरेर कसरी अघि बढ्न सकिन्छ भन्ने कुरालाई ध्यानमा राखेर व्यवसायीहरुले अघि बढ्नुपर्ने हुन्छ। त्यसो भएन भने कसरी मानव अधिकार हनन भयो? भन्नेकुराहरु आउँछ। त्यसमा आयोगले हेर्नुपर्ने हुन्छ।’

अध्यक्ष मगरले सरकारले कुनै पनि व्यवसाय सञ्चालन गर्न दिँदा उपभोक्ताको मानव अधिकार हनन हुन दिन नहुने कुरामा विशेष जोड दिएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप