लुम्बिनी प्रदेश सभा बैठक आधा घण्टाका लागि स्थगित
सारांश
- लुम्बिनी प्रदेश सभाको बैठक आगामी आर्थिक वर्षको बजेटमाथिको सैद्धान्तिक छलफल सुरु हुनुअघि सांसदहरूको विरोधका कारण आधा घण्टाका लागि स्थगित गरिएको छ।
- आर्थिक मामिला तथा योजना मन्त्रीले बजेटमाथि सैद्धान्तिक छलफलको प्रस्ताव प्रस्तुत गरेपछि करिब १६ जना प्रदेश सभा सदस्यले उठेर विरोध जनाएका थिए।
- सत्तापक्षका केही सांसदहरूले समेत बजेटप्रति असन्तुष्टि व्यक्त गरेपछि सभामुखले दलहरूबीच सहमति कायम गर्न बैठक स्थगित गरेका हुन्।
बुटवल । लुम्बिनी प्रदेश सभाको आजको बैठक आधा घण्टाका लागि स्थगित गरिएको छ। प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको सैद्धान्तिक छलफल सुरु हुनुअघि सांसदहरूको विरोधका कारण बैठक अवरुद्ध भएको हो।
बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले बजेटमाथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। तर छलफल प्रारम्भ हुनुअघि नै करिब १६ जना प्रदेश सभा सदस्यले उठेर बजेटको विषयमा विरोधमा उत्रिएपछि सदनको कार्यवाही प्रभावित भएको थियो।
सत्तापक्षका केही सांसदहरूले समेत बजेटप्रति असन्तुष्टि व्यक्त गर्दै विरोध जनाएपछि बैठक सहज रूपमा सञ्चालन हुन नसकेको हो ।
सदनको अवस्था असहज बनेपछि सभामुख तुलाराम घर्ती मगरले दलहरूबीच सहमति कायम गर्न समय आवश्यक रहेको उल्लेख गर्दै बैठक आधा घण्टाका लागि स्थगित गरेका हुन्।
बैठक पुनः सञ्चालन भएपछि बजेटमाथिको सैद्धान्तिक छलफल अघि बढ्ने अपेक्षा गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनमा ‘चिउरी’ को आकर्षण, तस्बिरहरू
-
एमालेको निष्कर्ष : विष्णु पौडेललाई गैरकानुनी, गैरन्यायिक र प्रतिशोधपूर्ण ढङ्गले पक्राउ गरियो
-
रास्वपा महाधिवेशन : बन्दसत्रमा पुगे बालेन शाह
-
मेस्सीमय विश्वकप, एमबाप्पे र हालान्डको उच्च गति, क्रोएसियाले के गर्ला ?
-
गृहमन्त्रीले खाएको अमलेटमा माछाको काँडा, कर्मचारीहरूसँग प्रहरीको सोधपुछ
-
विष्णु पौडेलको म्याद थपबारे बहस सकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण