जाजरकोटको भेरी नगरपालिकाको निर्णय पुस्तिका हराएको भन्दै खोजीदिन सीडीओसँग गुहार
मङ्गलबार, ०९ असार २०८३, १७ : १३
सुर्खेत । जाजरकोटको भेरी नगरपालिकाको निर्णय पुस्तिका हराएको भन्दै खोजीदिन जिल्ला प्रशासन कार्यालयसँग आग्रह गरिएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुहरी तिमिल्सिनाले प्रमुख जिल्ला अधिकारीलाई एक पत्र लेख्दै हराएको निर्णय पुस्तिका खोजी कार्यमा आवश्यक सहयोग गरिदिन अनुरोध गरेका हुन् ।
मंगलबार नगर कार्यपालिका बैठकको क्रममा उपस्थिति दस्तखत गरिसकेको निर्णय पुस्तिका हराएको पत्रमा उल्लेख छ ।
‘११ः४३ बजेतिर वडा नम्बर २ का वडाध्यक्ष भीमबहादुर कार्कीले लिएर उपप्रमुखको कार्यकक्षमा पुर्याएको सिसिटिभी फुटेजमा देखिएको छ,’ पत्रमा भनिएको छ, ‘तर उपप्रमुखको सचिवालयमा सम्पर्क गर्दा निर्णय पुस्तिकाबारे जानकारी नभएको भन्ने मौखिक जानकारी प्राप्त भयो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन : बन्दसत्रमा पुगे बालेन शाह
-
मेस्सीमय विश्वकप, एमबाप्पे र हालान्डको उच्च गति, क्रोएसियाले के गर्ला ?
-
गृहमन्त्रीले खाएको अमलेटमा माछाको काँडा, कर्मचारीहरूसँग प्रहरीको सोधपुछ
-
विष्णु पौडेलको म्याद थपबारे बहस सकियो
-
११ जिल्लामा फैलियो बर्ड फ्लुको प्रकोप, पन्छीमा अन्य रोग पनि थपिँदै
-
कांग्रेसमा विवाद समाधानका लागि हुनै छोड्यो प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण