दुई तिहाइको विश्वास पाएपछि ओलीले खिचाए सांसद र पत्रकारसँग समेत फोटो
काठमाडौँ । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट आइतबार दुई तिहाइको विश्वास पाएपछि सांसद र पत्रकारसँग समेत खुसीयाली मनाएका छन् । उनले दुई तिहाइ पाएपछि पत्रकारहरूसँग समेत फोटो खिचाएर खुसी साटे ।
_3i6bhprw27.jpg)
ओलीलाई दुई तिहाइ विश्वासको मत पाएसँगै सांसदहरूले खातामाला लगाउँदै बधाई दिए । त्यसपछि उनी त्यहाँ उपस्थित पत्रकारसँग पनि फोटो खिचाए । २७५ सदस्यीय प्रतिनिधिसभामा मतदानमा कूल २६३ सांसद सहभागी भए । जसमा प्रधानमन्त्री ओलीले १८८ मत प्राप्त गरे । यो वर्तमान संसद्को दुई तिहाइ मत हो । उनको विपक्षमा ७४ मत पर्ला १ सांसद तटस्थ बसे ।
_wdC1Seo1hs.jpg)
ओली गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए भने असार ३२ मा शपथ लिएर मन्त्रिपरिषद्लाई पूर्णता दिएका थिए । ओलीलाई एमालेसहित, कांग्रेस, जसपा, जसपा नेपाल, जनमत, लोसपा नेपाल, नागरिक उन्मुक्तिसहितका दलले विश्वासको मत दिए भने माओवादी, रास्वपा, राप्रपा, एकीकृत समाजवादीसहितका दलले विपक्षमा मतदान गरे ।
_GFocccKoda.jpg)
_PFOrNdlUUS.jpg)










खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण