पौडी खेल्ने क्रममा डुबेर युवतीको मृत्यु
बुधबार, ०९ साउन २०८१, २२ : ४७

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिका भोरहवा गाउँको पोखरीमा डुबेर एक जनाको ज्यान गएको छ। कृष्णनगर नगरपालिका ७ भोरहवा गाउँ बस्ने अन्दाजी सोह्र वर्षीय दुर्गीवती कोहारको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो।
उनको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रमुख प्रहरी निरीक्षक सुरज खत्रीले जानकारी दिए । बर्खाको समयमा जलमग्न भएको ठाउँमा बाल बच्चाहरू जाँदा पछिल्लो समय यस्ता घटना धेरै भएको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुख्यमन्त्री सिंहको आरोपः मैले बन्द गराएको अवैध अस्पताल स्थानीय तहले पैसा लिएर खुलाए
-
नेपाली भाषामा एमए गर्ने चिनियाँ विद्यार्थी दीक्षित
-
एक यात्रीको शे–फोक्सुण्डो ताल डोल्पाको यात्रा
-
गृहमन्त्रीलाई सुदन किरातीको आग्रह : मानव तस्करी प्रकरणमा राजीनामा दिनुहोस्
-
मधेश सरकारमा कांग्रेसको आँखा, गृहमन्त्रीले कोट्याए सरकार फेरबदलको मुद्दा
-
रास्वपाले माग्यो गृहमन्त्रीको राजीनामा, रवि लामिछानेबारे के भन्यो ?