मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
रास्वपा महाधिवेशन

रविले स्वीकारे पार्टीभित्र विवाद रहेको विषय, विवाद सडकमा नलैजान निर्देशन

मङ्गलबार, ०९ असार २०८३, १५ : ४६
मङ्गलबार, ०९ असार २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले महाधिवेशनमा पार्टीभित्र विवाद रहेको स्वीकार गरेका छन् ।
  • उनले पार्टीका नेता कार्यकर्तालाई कुनै पनि विवाद सडकमा नलैजान निर्देशन दिएका छन् ।
  • उनले जनताका लागि भए पनि कुनै गुटबन्दी नगर्न आग्रह गरेका छन् ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले महाधिवेशनका क्रममा पार्टीभित्र विवाद र मनमुटाव रहेको स्वीकार गरेका छन् । 

तर, उनले कुनै पनि विवादलाई सडकमा नलैजान पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिए। 

मङ्गलबार भरतपुरमा सुरु भएको बन्दसत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले रास्वपालाई विश्वास गरेर मत दिएका जनताका लागि भए पनि कुनै गुटबन्दी नगर्न समेत आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप