दोन्द्रा खोलाको बिच भागमा अड्किएका व्यक्तिको सकुशल उद्धार
बुधबार, १६ साउन २०८१, १५ : १६

बाँके । बाँके जिल्लाको नरैनापुर गाउँपालिका–६ स्थित दोन्द्रा खोलाको बिच भागमा अड्किएका व्यक्तिको सकुशल उद्धार गरिएको छ । सोही गाउँपालिका–७ बस्ने ५० वर्षीय कुलबहादुर चौधरी बाँकेको जमुनिबाट नरैनापुरतर्फ जाने क्रममा खोलाको बिचमा अड्किएका थिए । उनको बुधवार उद्धार गरिएको हो ।
सोबारे जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट गङ्गापुर, नेपाल प्रहरी र स्थानीय बासिन्दाले डोरीको सहायताले उनलाई सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।