दोन्द्रा खोलाको बिच भागमा अड्किएका व्यक्तिको सकुशल उद्धार
बुधबार, १६ साउन २०८१, १५ : १६
बाँके । बाँके जिल्लाको नरैनापुर गाउँपालिका–६ स्थित दोन्द्रा खोलाको बिच भागमा अड्किएका व्यक्तिको सकुशल उद्धार गरिएको छ । सोही गाउँपालिका–७ बस्ने ५० वर्षीय कुलबहादुर चौधरी बाँकेको जमुनिबाट नरैनापुरतर्फ जाने क्रममा खोलाको बिचमा अड्किएका थिए । उनको बुधवार उद्धार गरिएको हो ।
सोबारे जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट गङ्गापुर, नेपाल प्रहरी र स्थानीय बासिन्दाले डोरीको सहायताले उनलाई सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२–३ घण्टामा मतदान प्रक्रिया सुरु हुन्छ : कविन्द्र बुर्लाकोटी
-
विष्णु पक्राउ प्रकरण : एमाले ‘पुनर्गठन’ अभियान नरोकिने
-
मधेसमा सर्पदंशका घटना बढ्दै
-
श्रमिकलाई न्यूनतम ज्याला नदिने रोजगारदातामाथि कारबाही गर्ने सरकारको चेतावनी
-
बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार
-
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण