चर्चित रक ब्यान्ड ‘एरोस्मिथ’द्वारा सन्न्यासको घोषणा
न्युयोर्क । चर्चित अमेरिकी रक ब्यान्ड एरोस्मिथले शुक्रबार साङ्गीतिक यात्राबाट सन्न्यासको घोषणा गरेको छ । स्टार फ्रन्टम्यान स्टिभन टाइलरको घाँटीमा चोट लागेको भन्दै ब्यान्डले सो निर्णय लिएको हो ।
‘ टाइलरले आफ्नो आवाजलाई चोट लाग्नुभन्दा अघिको अवस्थामा फर्काउन महिनौँ अथक मेहनत गरे,’ ब्यान्डले आफ्नो वेबसाइटमा जारी विज्ञप्तिमा भनेको छ, ‘उनको साथमा उत्कृष्ट मेडिकल टोली भए पनि हामीले उनलाई संघर्ष गरिरहेको देख्यौँ । दुःखको कुरा, यो स्पष्ट छ कि अब उनको भोकल कर्डको चोट पूर्णरुपमा निको हुन सम्भव छैन । त्यसैले हामीले टुरिङ स्टेजबाट सन्न्यास लिने, हृदयविदारक र गाह्रो तर आवश्यक निर्णय लिएका छौँ ।’
सेप्टेम्बर २० मा पिट्सबर्गबाट सुरु हुन लागेको पिस आउट फेयरवेल टूरअघि टोलीले यो जानकारी साझा गरेको हो । यस साङ्गीतिक यात्रामा ब्यान्डले अमेरिका क्यानडाका विभिन्न सहरको यात्रा गर्ने तालिका रहेको थियो ।
एरोस्मिथले सन् २०२३ को मेमा यो साङ्गीतिक यात्रा सुरु गरेको थियो । तर, ७६ वर्षीय टाइलरको घाँटीमा चोट लागेपछि मात्र तीनवटा शोपछि यसलाई रोकिएको थियो ।
ब्लुजमा आधारित हार्ड रक सङ्गीत सिर्जना गर्ने यो ब्यान्ड सन् १९७० मा बोस्टनमा स्थापना भएको थियो । यसका सदस्यहरूमा टाइलरसहित जो पेर्री, टम ह्यामिल्टन, जोई क्रामर र ब्राड ह्वीटफोर्ड रहेका छन् ।
एन्जेल, जेनी गट अ गन, लिभिन अन दि एज, क्राइन, क्रेजी, आई डन्ट वाना मिस अ थिङलगायत ब्यान्डका गीतहरू अझै पनि रुचाइन्छन् । ब्यान्डले विश्वभर १५ करोडभन्दा बढी एल्बम बिक्री गरेको छ ।
एरोस्मिथले ४ वटा ग्रामी अवार्डसहित ६ वटा अमेरिकन म्युजिक अवार्ड र १० वटा एमटीभी भिडियो म्युजिक अवार्ड जितेको छ । उनीहरूलाई सन् २००१ मा रक एन्ड रोल हल अफ फेममा समावेश गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय स्वतन्त्र पार्टी मोरङको सभापतिमा कँडेल र सचिवमा नेपाल निर्वाचित
-
रास्वपा हुम्ला सभापतिमा ऐडी सर्वसम्मत
-
रौतहटका वनकर्मीमाथि आक्रमण गर्ने आरोपी वीरगन्जबाट पक्राउ
-
विश्वकप २०२६: कडा टचलाइन फिक्चर्स, उत्कृष्ट प्रशिक्षकहरू हुँदै छन् आमने–सामने
-
आज विश्व खाद्य सुरक्षा दिवस, दूषित खाद्यवस्तुका कारण बर्सेनि ६० करोड मानिस बिरामी
-
इजरायली आक्रमणमा लेबनानी सेनाका उच्च अधिकारीसहित १२ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण