परीक्षा मिति समेत तोकेर त्रिविमा स्नातक तह प्रथम वर्षको भर्ना खुल्यो
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले स्नातक तहमा भर्ना आह्वान गरेको छ। त्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्षको कार्यालयले शैक्षिक वर्ष २०८१-०८२मा मानविकी तथा सामाजिक शास्त्र सङ्काय, व्यवस्थापन सङ्काय, शिक्षाशास्त्र सङ्काय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका क्याम्पसहरूमा विद्यार्थी भर्ना आह्वान गरेको हो।
वार्षिक प्रणालीका लागि स्नातक तह प्रथम वर्षमा नयाँ विद्यार्थी भर्नाको सम्पूर्ण कार्यतालिका नै सार्वजनिक गरिएको हो। साउन २८ गतेदेखि भदौ मसान्तसम्म आवेदन फाराम बुझाउने म्याद दिइएको छ।
असोजदेखि कक्षा सञ्चालन हुनेछ। २०८२ वैशाखमा परीक्षा फाराम बुझाउने समय राखिएको छ । भने २०८२ को जेठमा कक्षा समाप्त हुनेछ। अन्तिम परीक्षा २०८२ को असारमा हुनेछ भने २०८२ को असोजमा नतिजा प्रकाशन गरिनेछ।
विद्यार्थीले प्रवेश चाहेको प्रत्येक सङ्काय अध्ययन संस्थान र विषय अनुसार क्याम्पसमा बेग्लाबेग्लै आवेदन फाराम बुझाउनु पर्नेछ शिक्षाध्यक्षको कार्यालयले जनाएको छ ।
प्रकाशित शैक्षिक तालिका अनुसार विद्यार्थी भर्ना, कक्षा सञ्चालन र परीक्षा सञ्चालन समेत गर्न गराउन सम्बन्धित निकायहरूलाई जानकारी गराउन समेत भनेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण