हवाई दुर्घटनाको जिम्मा मन्त्रीले लिनुपर्छ : शिशिर खनाल
बिहीबार, २४ साउन २०८१, १२ : २६
काठमाडौँ । रास्वपाका सांसद शिशिर खनालले नेपालमा बढ्दै गएको हवाई दुर्घटना कहालीलाग्दो भएको बताएका छन् । उनले विश्वका दुई सय मुलुकमध्ये नेपाल दुर्घटनामा ज्यान गुमाउने मुलुकमध्येको १२ औँ नम्बरमा पर्ने भन्दै पछिल्लो साढे २ वर्षमा मात्र ८ वटा हवाई दुर्घटना भएको र १२३ जनाको मृत्यु भएको बताए ।
त्यहीँ तुलनामा भारतमा कम दुर्घटना हुने गरेको भन्दै सांसद खनालले नियामक निकायको कमजोरी जिम्मेवार रहेको बताए ।
‘नियामक निकायको नेतृत्वले जिम्मेवारी नलिने र प्राविधिक कुरालाई मात्र दोष दिनु उपयुक्त हुँदैन’, खनालले भने,‘ दुर्घटना बढ्नुमा क्यान वा मन्त्रालयमाथि पनि छानबिन हुनुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महेन्द्र राजमार्गको चन्द्रौटा–कोहलपुर खण्ड चार लेनमा स्तरोन्नति गरिँदै
-
भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति पौडेल
-
महाराजगन्ज–धोबीखोला सडक खण्डमा ज्याकारान्डा रोपण
-
इजरायल–लेबनानबिचको युद्धविराम हिजबुल्लाहद्वारा अस्वीकार
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण