भौतिक मन्त्रालयले तीन मन्त्री फटायो, ४ किलोमिटर बाटो बनेन : गोकुल बास्कोटा
बिहीबार, ०६ भदौ २०८१, ११ : ४२
१
काठमाडौँ । पूर्व मन्त्री तथा एमाले नेता गोकुल बास्कोटाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा तीन जना मन्त्री फेरिए पनि धुलिखेलको ४ किलोमिटर बाटो बन्न नसकेको भन्दै आक्रोश पोखेका छन् ।
बिहीबार बिहान सामाजिक सञ्जालमा पोस्ट गर्दै बाँस्कोटाले भनेका छन्, ‘जनताले सोधिरहे, धुलिखेल–खावा बाटो कहिले बन्छ ? मैले भनिरहे– यो साल । भौतिक मन्त्रालयले तीन मन्त्री, डीजी फटायो तर चार किलो बाटो बनाएन ।’
उनले नेता र मन्त्रीहरूलाई भूपी शेरचनको ‘घुम्ने मेचमाथि अन्धो मान्छे’को कथासँग तुलना गर्दै भनेका छन्, ‘गत साता मन्त्री भेटेँ सचिव देखाए, सचिव भेटेँ डीजी देखाए । हिजो डीजीलाई सोधे ठेक्दारलाई था होला भने । यो देश बन्छ ? जसरी भूपीले लेखेथे–घुम्ने मेचमाथि अन्धो मान्छे ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
६ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
-
नेपालमा आधिकारिक रूपमा सुरु भयो उबरको सेवा, बाइक र कार दुवै सेवा उपलब्ध
-
स्थानीय निर्वाचन ‘गैर दलीय’ बनाउन सुझाव
-
सीमा विवादमा राजेश हमाल– ‘नागरिकले गर्ने अतिक्रमण र राज्यले गर्ने अतिक्रमण फरक हुन्’
-
चलचित्र पत्रकार संघ नेपालद्वारा राष्ट्रिय फिचर लेखन प्रतियोगिता घोषणा
-
अमेरिकी प्रतिनिधिसभाद्वारा लेबनान युद्ध अधिकारसम्बन्धी प्रस्ताव अस्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण