अभिनेत्री आशा शर्माको ८८ वर्षको उमेरमा निधन
मुम्बई । ८८ वर्षीया अभिनेत्री आशा शर्माको निधन भएको छ । सिने एण्ड टिभी कलाकार संघले आफ्नो एक्स ह्यान्डलमा पोस्ट गर्दै यो जानकारी दिएको हो । यद्यपि अभिनेत्रीको मृत्युको वास्तविक कारण भने खुलेको छैन ।
आशा शर्माले धेरै टिभी शो र फिल्ममा काम गरिसकेकी छिन् । उनी सन् २०२३ मा आएको फिल्म आदिपुरुषमा शबरीको भूमिकामा देखिएकी थिइन् ।
संघले आइतबार दिउँसो ३ः०१ बजे आफ्नो एक्स ह्याण्डलमा ट्वीट गर्दै आशा शर्माको निधनको जानकारी दिएको थियो । संघले नायिकाको निधनप्रति समवेदना पनि व्यक्त गरेका छन् ।
आशा शर्माले १३ वर्षको उमेरमा आफ्नो अभिनय करियर सुरु गरेकी थिइन् । उनी फिल्म र टिभी कार्यक्रमहरूमा आमा र हजुरआमाको भूमिका खेल्नका लागि परिचित थिइन् । उनले धर्मेन्द्र र हेमा मालिनीको फिल्म ‘दो दिशा’मा पनि काम गरेकी थिइन् । फिल्ममा प्रेम चोपडा, अरुणा इरानी र निरुपा रोय जस्ता कलाकारहरू पनि थिए।
यस बाहेक आशा शर्माले मुझे कुछ कहना है, प्यार तो होना ही था र हम तुम्हारे है सनम जस्ता फिल्ममा पनि देखिएकी थिइन् ।
आशा शर्मालाई दर्शकले सानो पर्दामा धेरै देखेका छन् । उनले मनकी आवाज प्रतिज्ञा, कुमकुम भाग्य जस्ता टिभी शोमा काम गरिसकेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
किन आन्दोलित छन् झण्डै १३ हजार चिकित्सक ?
-
रास्वपा लुम्बिनी प्रदेश अधिवेशन : सभापतिका लागि पुनः मतदान हुने
-
‘झोर्ले हजुर’ मार्फत विष्णु माझीले दिइन् सर्प्राइज
-
हाइटीविरुद्ध पहिलो हाफमा स्कटल्यान्डलाई अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण