बौद्ध स्तूपको किंवदन्ती बाल चित्रकथामा
काठमाडौँ । युनेस्कोको विश्व सम्पदामा सूचीकृत छ, बौद्धनाथ । बौद्ध स्तूप पनि भनिने यो स्थल राजधानी काठमाडौंको पूर्वी भागमा पर्छ । यही बौद्ध स्तूपको किंवदन्तीमा आधारित रहेर बाल चित्रकथा ‘बौद्ध स्तूप’ हालै प्रकाशनमा आएको छ । कथालय इन्कले प्रकाशन गरेको पुस्तकका लेखक भिक्टर प्रधान हुन् भने यसमा रवीन्द्र मानन्धरका चित्र समावेश छन् ।
बौद्धनाथलाई नेपालभाषामा खास्ति र तिब्बती भाषामा जारुङ खाशोर भनिन्छ । पुस्तकमा दुई छुट्टाछुट्टै कथा छन् । एउटा कथामा, सहरमा अचानक हिटी सुकेपछि जनताले राजालाई विन्ती गर्छन् । ज्योतिषीहरूले बत्तीस लक्षणले युक्त मानिसको बलि दिए हिटीबाट पानी आउने सल्लाह दिन्छन् । राजाले एउटा जुक्ति निकाल्छन् । नारायणहिटीमा पिशाचले बास गरेकाले मध्यराति गएर त्यसको टाउको छिनाल्न राजकुमारलाई उनी अह्राउँछन् । राजकुमारले सोहीमुताबिक सेतो कपडामा बेरिएर सुतेको पिशाचलाई एकै झमटमा तरबार प्रहार गर्छन् । अफसोस, उछिट्टिएर उनको हातमा आएको टाउको आफ्नै बुबाको हुन्छ । अब के होला ? कथाको मूल रहस्य त्यसपछि सुरु हुन्छ ।
पुस्तकका लेखक प्रधान नेपाल बालसाहित्य समाजका पूर्व अध्यक्ष हुन् । उनी लामो समयदेखि बालसाहित्यको विकासका लागि अनुसन्धान, लेकन र अनुवाद कार्यमा सक्रिय छन् । बालसाहित्यका सयौँ पुस्तक सम्पादन तथा अनुवाद गरेका उनी बौद्ध दर्शन र इतिहासका अध्येता पनि हुन् । उनको पहिलो रचना ‘बौद्ध दर्शन र प्रजातन्त्र’ शीर्षकमा २०३१ सालमा प्रकाशित भएको थियो । त्रिभुवन विश्वविद्यालयमा नेपाली भाषाका प्राध्यापक रहिसकेका उनले पछिल्लो समय ऐतिहासिक उपन्यास ‘विडुडभ र कपिलवस्तुको पतन’ प्रकाशित छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होटल संघ नेपालको बागमती प्रदेश तदर्थ समिति अध्यक्षमा रामसुन्दर बके मनोनीत
-
ट्रम्पलाई ठुलो झट्का : यौन दुर्व्यवहार मुद्दा उल्ट्याउन सर्वोच्च अदालतद्वारा अस्वीकार
-
हल गोरु पाल्ने एकसय १५ कृषकलाई प्रोत्साहन रकम प्रदान
-
पहिराले दार्चुला–गोकुलेश्वर सडकखण्ड अवरुद्ध
-
भारी वर्षाको पूर्वानुमानपछि झापामा उच्च सतर्कता
-
चिनियाँ कम्युनिस्ट पार्टीका आलोचक बनेका घरजग्गा व्यवसायीलाई अमेरिकामा ३० वर्षको जेल सजाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण