एलिना चौहान बनिन् उत्कृष्ट मौलिक तीज गायिका
काठमाडौँ । गायिका एलिना चौहान उत्कृष्ट मौलिक तिज गति गायिका बनेकी छन् । राजधानीमा आयोजित ‘छाया छवि तीज म्युजिक अवार्ड –०८१’मा उनले ‘गम्किदे मादलु...’बोलको गीतबाट यो अवार्ड हात पारेकी हुन् ।
छाया छवि क्रियशनले नियमित रूपमा आयोजनामा गर्दै आएको अवार्डको यो ११ औँ संस्करण हो । यो संस्करणमा उत्कृष्ट तिज गीत गायिका ‘हरदिन पूजा गर्छु म’ गीतबाट गायिका शोभा पाण्डे एवं यही विधामा जुरीतर्फ बिन्दु बिसीले अवार्ड हात पारे । कार्यक्रममा उत्कृष्ट मौलिक तिज गीतको लय तर्फ ‘कालिपसमकी डोरी कसम..’ गीतबाट प्रेम सापकोटा सोनुले अवार्ड प्राप्त गर्दा स्मारिका ढकालले मौलिक तिज गीत मोडलको रूपमा अवार्ड थापिन् । अवार्डमा कविता न्यौपाने, शिला गजुरेलले मोडल तर्फ अन्य अवार्ड जिते ।
छायाछवि क्रियशनद्वारा आयोजित ११ औँ संस्करणको छायाछवि तिज म्युजिक अवार्ड २०८१ को अवसरमा चर्चित मोडल स्व. दिपाशा बिसीको स्मृतिमा यस वर्षदेखि स्थापित छाया छवि दिपाशा स्मृति पुरस्कार एघार हजार एक सय एघार रुपैयाँको नगद राशि, सम्मान पत्र, दोसल्ला चर्चित मोडल अन्जु निरौलालाई प्रदान गरियो ।
कार्यक्रममा मोडल सिम्रन दुलाल कुसुम, पत्रकार वर्षा खनाल, गायिका बबिना भट्टराई, वरिष्ठ सौन्दर्यविद् चुनु थापा र लोक गायिका सञ्जु न्यौपानेलाई छायाछवि तिजनारी सम्मानद्वारा सम्मानित भए ।
११औँ संस्करणको छाया छवि तिज म्युजिक अवार्डमा जुरीका रूपमा गीतकार कृष्णादेवी आचार्य रोशनी, गायक भीम लिम्बु, गीतकार गोविन्द भट्ट एवं पत्रकार दीपज्योति थापा रहेका थिए ।
कार्यक्रममा तिज सम्बन्धित सांस्कृतिक प्रस्तुति रहेको थियो । गायिका सहिमा श्रेष्ठ र गायिका अन्जु श्रेष्ठले गायन प्रस्तुति दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण