नेपाललाई विश्वसामु चिनाउने कडीको रूपमा खेल क्षेत्रलाई लिनुपर्छ : देउवा
_m7NIVIvYto.jpg)
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पेरिस पारालिम्पिकमा नेपालले प्राप्त गरेको कांस्य पदकले देश कै इज्जत बढेको बताएका छन् ।
आइतबार पार्टी कार्यालयमा आयोजित सम्मान कार्यक्रममा उनले नेपाली पारा तेक्वान्दो खेलाडी पलेसा गोवर्द्धनले कांस्य पदक हासिल गरेर राष्ट्रकै इज्जत बढाएको भन्दै आगामी दिनको सफलताको लागि शुभकामना दिएका हुन् ।
उनले भने,‘ नेपालको इतिहासमा अन्तर्राष्ट्रियस्तरको कांस्य पदक प्राप्त हुनुले पनि नेपालकै इज्जत बढेको छ । त्यसका लागि भोलिका दिनमा नेपाली खेलाडी अझ बढी उत्साहित हुन्, अझ बढी तपाईंलाई सफलता मिलोस् भन्ने कामना गर्न चाहन्छु।’ खेलकुद क्षेत्रको विकासका लागि नेपाली कांग्रेस सदैव प्राथमिकताका साथ सहयोग गरिरहेको छ । आगामी दिनमा पनि अझ सशक्त ढङ्गले अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछु।’
सभापति देउवाले खेलाडीहरू देशका गहना भएको भन्दै नेपाललाई विश्वलाई चिनाउने कडीको रूपमा खेलकुद क्षेत्रलाई लिनुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनको राष्ट्रिय जनकंग्रेस स्थायी समितिका उपाध्यक्ष सियाओ नेपाल भ्रमणमा
-
बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध
-
बङ्गलामुखीको बार आज कुन राशिलाई कति लाभ ?
-
गण्डकीको बर्खे अधिवेशन जेठ ११ देखि
-
वित्तीय जोखिम मूल्याङ्कनको रेड जोन माछापुच्छ्रेमा सबैभन्दा कम बेरुजु
-
चार वायुको प्रभाव नेपालमा, कहाँ-कहाँ छ वर्षाको सम्भावना ?