दोहोर्याएर रिलिज भएको ‘तुम्बाड’ले गर्यो दोब्बर कमाई
नयाँ दिल्ली । हिन्दी भाषाको हरर फिल्म तुम्बाड सन् २०१८ मा पहिलो पटक ठुलो पर्दामा रिलिज भएको थियो । फिल्म त्यतिबेला हिट त बन्यो तर ५७५ वटा स्क्रिनमा मात्रै रिलिज गरिएकाले जति पाउनु पर्ने थियो त्यति दर्शक पाएन ।
कयौंले यसलाई भारतीय फिल्मको सबैभन्दा उत्कृष्ट फिल्म पनि भनेका थिए । तर ओटीटीमा आएपछि मात्रै यसले राम्रो दर्शक पायो ।
फिल्मको कथा मात्रै होइन, क्यामराको काम र भिजुअललाई पनि दर्शकले निकै मन पराए । हलमा थोरै मात्रै दर्शक पाएको गुनासो तुम्बाडले अहिले पूरा गरिरहेको छ । ६ वर्षपछि शुक्रबार हलमा फिल्म पुनः रिलिज गरियो । यसलाई दर्शकहरूले यति माया दिइरहेका छन् कि फिल्मले छिटै नै ओरिजिनल रिलिजको रेकर्ड पनि तोड्दैछ । रिलिजको पहिलो दिन अर्थात् शुक्रबार फिल्मले १ करोड ६५ लाख भारु कमायो । सीमित हलमा मात्रै फिल्म लागेको भएपनि यसको ओपनिङ शानदार रह्यो ।
शनिबार फिल्मले अरू २ करोड ६५ लाख भारु कमायो । आइतबार कमाई अरू बढेर ३ करोड ४ लाख भारुमा पुग्यो । रिलिजको पहिलो सप्ताहन्तमा भारतमा फिल्मको खुद कमाई ७ करोड ३४ लाख भारु पुगेको छ । सन् २०१८ मा रिलिजको बेलामा पहिलो सप्ताहन्तमा फिल्मले ३ करोड २५ लाख भारु कमाएको थियो ।
अर्थात् रि–रिलिजमा फिल्मको कलेक्सन सप्ताहन्तमा दोब्बरभन्दा पनि धेरै भएको छ । त्यतिबेला फिल्मले हलमा १३ करोड ४८ लाख भारुको व्यापार गरेको थियो । रि–रिलिजपछि जुन रफ्तारमा कमाई भइरहेको छ यो हेर्दा फिल्मले छिटै ओरिजिनल रिलिजको कलेक्सन पनि उछिन्ने देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
किन आन्दोलित छन् झण्डै १३ हजार चिकित्सक ?
-
रास्वपा लुम्बिनी प्रदेश अधिवेशन : सभापतिका लागि पुनः मतदान हुने
-
‘झोर्ले हजुर’ मार्फत विष्णु माझीले दिइन् सर्प्राइज
-
हाइटीविरुद्ध पहिलो हाफमा स्कटल्यान्डलाई अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण