मङ्गलबार, २२ असोज २०८१
ताजा लोकप्रिय

अखिल भारत नेपाली एकता मञ्चको नवौँ सम्मेलन आगामी अप्रिलमा हुने

बुधबार, ०२ असोज २०८१, ०८ : ०३
बुधबार, ०२ असोज २०८१

काठमाडौँ । ४६ वर्षको  गौरवशाली इतिहास बोकेको प्रवासी नेपालीहरूको अभिभावक सङ्गठन अखिल भारत नेपाली एकता मञ्च केन्द्रीय समितिको आयोजनामा आयोजित 'भेला तथा प्रशिक्षण' कार्यक्रमले अखिल भारत नेपाली एकता मञ्चको  ऐतिहासिक नवौँ सम्मेलन आगामी अप्रिल २०२५ का दिन पंजाबमा गर्ने निर्णय गरेको छ। 

दुई दिने  चलेको कार्यक्रममा 'जनसभा तथा जनवादी सांस्कृतिक महोत्सवमा' मञ्चका अध्यक्ष राजेन्द्र शर्माको अध्यक्षतामा र प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका महासचिव  देव गुरुङ प्रमुख आतिथ्यमा विशिष्ट अतिथिमा, नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा दक्षिण एसिया प्रवास समवन्न्य समितिका  इन्चार्ज लक्ष्मण पन्त , नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका वैकल्पिक सदस्य तथा दक्षिण एसिया प्रवास समन्वयन समितिका सह इन्चार्ज ईश्वरी भण्डारी, प्रवास कार्यालयका नेता टीवी पाठक,  अतिथिहरू पाल्पा जिल्लाका पार्टीका जिल्ला सचिव मथुरा ढकाल, अतिथिहरूमा प्रवासी नेपाली सङ्घ भारत केन्द्रीय सदस्य, बालुका बेल्वासे, नेपाली जनसम्पर्क समितिका महामन्त्री जगनाथ पौडेलकाे उपस्थिति थियो ।

त्यसैगरी अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य  एमबी हमाल, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय सदस्य ताल बहादुर खड्का, प्रवासी नेपाली सम्पर्क विभागका प्रतिनिधि डोल राज भण्डारी, पशुपतिनाथ नेपाली समाजका अध्यक्ष लोकमणि घिमिरे, हिमालय  बेन्चरका सचिव राज शर्मा, एभरेस्ट चेम्बर अफ कमर्सका अध्यक्ष गणेश पाण्डे, गोर्खा कल्याण समाजका उपाध्यक्ष महेश थापा, एभीयस डेरी प्रोडक्स तथा समाजसेवी ओम प्रकाश शर्मा, व्यवसायी देवीलाल माइला लगायत अतिथिहरूको उपस्थिति थियो। कार्यक्रम सञ्चालन महा सचिव शीतल मलती, स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष जेबी रसाइली, उषा थापा खड्काले गरेका थिए । 

उक्त कार्यक्रममा भारत नेपालको गणतान्त्रिक आन्दोलनको समयमा उल्लेखनीय भूमिका खेल्ने वामपन्थी पत्रकार लज्जा सङ्कर हरनेनिया, शैलेन्द्र शैली, प्रमोद प्रधान, कैलाश आदमी प्रधान,  निर्दलीय विजय, डोलराज गैरे सागर गैरे, विष्णु शर्मा, रामु शर्मा, गणेश पाण्डे, स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण योगदान दिने लोकमणि घिमिरे, रामु घिमिरे, इन्टरनेशनल खेलाडी गोल्ड मेडलिष्ट मास्टर लक्ष्मण गुरुङ,आशा रोका र खेलाडीहरु मेयर सिंह, हुम प्रसाद डुम्रे, लक्ष्मण शाही, हरि नारायण गिरी, पत्रकार ललिता मला लगायत विभिन्न क्षेत्रमा महत्त्वपूर्ण योगदान दिएका व्यक्तित्वहरूलाई शिलापत्रका साथ सम्मान गरिएको थियो । 

जनसभा तथा सांस्कृतिक महोत्सवमा नेपालबाट जनवादी कलाकार झन्कार बुढा मगर  सानदार रोचक प्रस्तुति दिएका थिए। एकता मञ्च विभिन्न राज्य समितिबाट विविध सांस्कृतिक प्रस्तुति दिएका थिए ।उक्त कार्यक्रममा विभिन्न पार्टी सङ्गठनबाट परित्याग गरी अखिल भारत नेपाली एकता मञ्च प्रवेश गरेका मास्टर गुरुङ,टीवी राई, घनकाजी थापा, रूपक विक, मिना पौडेल, नेमलाल विक, माइटे विक, मोती बिक, कुमारी विक, दीपक सोनी, सन्तोष परियार लगायत सयौँको सङ्ख्यामा सङ्गठन प्रवेश गरेका थिए ।उनीहरूलाई प्रमुख अतिथि, विशिष्ट अतिथिले स्वागत गरेको थिए।

अखिल भारत नेपाली एकता मञ्चको आयोजनामा १४–१५ सेप्टेम्बर २०२४, मध्य प्रदेशको राजधानी भोपालमा भएको जनसभा  तथा जनवादी सांस्कृतिक महोत्सव सभ्य भव्य रूपमा सम्पन्न भएको  छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप