पेनाल्टी सुटआउटमा वडा नम्बर २६ विजयी
काठमाडौँ । दोस्रो प्रयागराजसिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगिताको बिहीबार सम्पन्न खेलमा वडा नम्बर १२, वडा नम्बर ५, वडा नम्बर २६ र वडा नम्बर ३२ ले जित हात पारेका छन् ।
लैनचौर फुटसल मैदानमा बिहीबार भएको पहिलो खेलमा वडा नम्बर १२ ले वडा नम्बर २ लाई २–१ गोलले हरायो । विजयी टोलीका लागि दिकेश शाही र मनोज महर्जनले एक–एक गोलको योगदान गरे । पराजित टोली वडा नम्बर २ का लागि एक मात्र गोल सुजल रसकले गरे । वडा नम्बर १२ का राज शाही म्यान अफ दि म्याच घोषित भए ।
दोस्रो खेलमा वडा नम्बर ५ ले वडा नम्बर १७ लाई ३–० गोलको फराकिलो अन्तरले हरायो । विजयी टोलीका लागि राकेश श्रेष्ठ, अखिलेश कार्की र सुजित प्रजापतिले एक–एक गोलको योगदान गरे । उक्त खेलमा विजयी टोलीका सुजित म्यान अफ दि म्याच घोषित भए ।
यसैगरी, तेस्रो खेलमा वडा नम्बर २६ ले पेनाल्टी सुटआउटमा वडा नम्बर ४ लाई २–१ गोलले हरायो । निर्धारित समयको खेल १–१ गोलले बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा जित–हारको निर्णय गरिएको हो । निर्धारित समयमा वडा नम्बर ४ का असिम गुरुङ र वडा नम्बर २६ का प्रशान्त रजकले गोल गरेका थिए । उक्त खेलमा विजयी टोलीका प्रशान्त म्यान अफ दि म्याच घोषित भए ।
यसैगरी, बिहीबार खेलिएको चौथो खेलमा प्रताप शाक्यको गोल निर्णायक बनेपछि वडा नम्बर ३२ ले वडा नम्बर १८ लाई १–० ले निराश बनायो । उक्त खेलमा विजयी टोलीका प्रतापले नै म्यान अफ दि म्याचको पुरस्कार पाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी सर्वोच्च अदालतले बढायो ट्रम्पको अधिकार
-
भेनेजुएलामा भूकम्पका कारण ५८ हजार भन्दा बढी भवनहरू क्षतिग्रस्त
-
इरानले गर्याे अमेरिकासँगका आगामी प्रत्यक्ष वार्ता अस्वीकार
-
हार के हो ? नेदरल्यान्ड्सलाई सोध
-
लालपुर्जा र नेपाली नागरिकताको माग गर्दै सुस्तावासीको माइतीघरमा प्रदर्शन (फोटोफिचर)
-
‘रात्रिकालीन जीप सफारी’ ले सामुदायिक वनका उपभोक्तामा उत्साह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण