लागुऔषध कारोबारमा छ वर्षदेखि सक्रिय गिरोह पक्राउ

काठमाडौँ । लागुऔषध नियन्त्रण ब्युरो काठमाडौँले ठूलो परिमाणमा लागुऔषधसहित ६ जनालाई पक्राउ गरेको छ ।
ब्यूरोले काठमाडौंलाई केन्द्र बनाएर विगत छ वर्षदेखि लागुऔषध कारोबारमा संलग्न रहेको गिरोहलाई समात्न सफल भएको हो । पक्राउ परेकाहरूबाट एक लाख ८० हजार ४३० मनोद्विपक लागुऔषध ट्रामाडोल क्याप्सुल बरामद गरिएको ब्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले जानकारी दिए ।
पक्राउ पर्नेमा उदयपुर घर भइ काठमाडौँको गोकर्णेश्वर बस्ने ३० वर्षीय बहादुर राई, सर्लाहीका विपिनकुमार महतो, पर्वतका बालकृष्ण अधिकारी, बाराका ३४ वर्षीय प्रदीप सर्राफ, काठमाडौँको डल्लुका मनमोहन श्रेष्ठ र झापा घर भइ काठमाडौँ बस्ने सम्झना रोक्का रहेका छन् ।
राईबाट ३७ हजार बढी क्याप्सुल, महतोबाट ५३ हजार ९०० क्याप्सुल, अधिकारीबाट नौ हजार, रोक्काबाट ८३ हजार क्याप्सुल र नगद दुई लाख ५० हजार बरामद गरिएको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए । उनीहरूमाथि लागुऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठक ३ : १५ बजे बस्ने गरी सूचना टाँसेर स्थगित
-
झापाबाट फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह (तस्बिरसहित)
-
बेनी–जोमसोम–कोरला सडकखण्डको ८४ प्रतिशत भौतिक प्रगति
-
हिमालयन बैंकको ‘ठमेल शाखा’ सञ्चालनमा
-
नेताहरूको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक: देउवा
-
४३ कम्पनीलाई पाँच अर्ब बढी राजस्व छुट : सूचीमा सिनो हाइड्रो, कोकनदेखि पतञ्जलीसम्म