बागमती र कोसी नदीमा पानीको बहाव बढ्दै, सुरक्षित रहन मुख्यमन्त्रीको आग्रह

वीरगन्ज । लगातार परेको पानीले मधेस प्रदेशमा बाढीको जोखिम बढेको छ । शुक्रबारदेखि परेको पानीले प्रदेशमा जोखिम बढ्दै गएको हो ।
मधेस प्रदेश प्रहरीका अनुसार प्रदेशको सप्तरीको कोशी, रौतहट र सर्लाहीको सिमानामा पर्ने बागमती नदीमा पानीको बहाव बढेको छ ।
अन्य वर्ष भन्दा यो साल कोसी र बागमती नदीमा पानी सतह बढेको मधेस प्रहरीले जानकारी दिएको छ । दुई वटै नदीमा पानीको सतह बढेपछि सुरक्षा सतर्कता अपनाउन आग्रह गरिएको छ ।
जीउधनको क्षति हुन नदिनका लागि मातहतका स्थानीय प्रहरी चौकी तथा जिल्ला र प्रदेशमा उद्धार तथा राहतका लागि प्रहरी तैनाथ गरिएको मधेस प्रदेश प्रहरी प्रमुख लालमणि आचार्यले बताए ।
उनका अनुसार सबै प्रहरी चौकीहरूलाई ‘अलर्ट’मा राखिएको छ । नदी आसपास बस्ने स्थानीयलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको मधेस प्रहरीले जानकारी दिएको छ ।
उनले भने, ‘योबाहेक अन्य साना नदीहरूमा पनि बाढीको सतह बढ्दै गएको छ, केही पालिकाहरू डुबानमा पनि छन् । तर अहिलेसम्म मानवीय क्षति कतै भएको छैन ।तैपनि बाढीबाट बचाउन सबै सतर्कता अपनाउन हरेक प्रहरी यूनिटलाई अलर्टमा राखिएको छ ।’
यसैबिच प्रदेशमा बाढीको उच्च जोखिम बढेपछि प्रदेश सरकारले सुरक्षित रहन आग्रह गरेको छ ।
मुख्यमन्त्री सतिस सिंहले एक सूचना जारी गर्दै तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई सुरक्षित ठाउँमा गएर बस्न आग्रह गरेका छन् ।
बाढीबाट बढी क्षति हुन नदिनको प्रदेश सरकारले सबै सतर्कता अपनाएको भन्दै तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई सुरक्षित ठाउँमा गएर बस्न उनको अनुरोध छ ।
उनले भनेका छन्, ‘बागमती नदी किनारका रौतहट र सर्लाही तथा कोसी नदीका गाउँबस्तीमा बाढी आउन सक्ने सम्भावना छ, त्यसकारण तपाइँहरु उच्च सतर्कता अपनाउनु होला । सरकारको तर्फ गरिने बाँकी काम हामी गर्न तयार छौं, ढुक्क भएर सुरक्षित बस्नुहोला ।’
प्रदेशका नदीहरूमा जल पानीको सतह बढ्दै गएको भन्दै विपद् व्यवास्थापन समितिहरुलाई समेत सुरक्षित स्थानको व्यवस्थापनसहितको पूर्वतयारीमा जुट्न मुख्यमन्त्री सिंहले निर्देशन दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खातावालाको नाम बदली सरकारी रकम खाएको आरोप लागेका तीन जनाविरुद्धको मुद्दा सर्वोच्चमा पुनरावेदन
-
सरकारको नीति तथा कार्यक्रममाथि प्रचण्डको टिप्पणी: संसदमा के–के भने ? (पूर्णपाठ)
-
नेकपा एकीकृत समाजवादीले बुझायो देशभरका पालिकामा ज्ञापनपत्र
-
फेवातालमा हावाहुरीले अलपत्र परेकाहरूको उद्धार
-
धरौटी बदरको मागसहित दायर रविको निवेदनमा कैफियत प्रतिवेदन मगाउन उच्चको आदेश
-
तीनकुने प्रकरणमा संलग्न आरोपमा थप एक जना पक्राउ