सुस्तामा पस्यो बाढी, दर्जनभन्दा बढी घर डुबानमा
परासी । नारायणी नदीको बाढी सुस्तामा पसेपछि सुस्ताको थारु टोलका दर्जन भन्दा बढी घर डुबानमा परेका छन् । नदीमा पानीको सतह बढेपछि सुस्ताको थारु टोलका करिब २० घर आंशिक डुबानमा परेको हो ।
अविरल वर्षाका कारण नारायणी नदीमा आएको ठुलो बाढीको पानी सुस्ताको पुर्वीउत्तर बाँधबाट ओभर फ्लो भई सुस्ता भूमिमा पसेको स्थानीय सद्दाम हुसैनले जानकारी दिए ।
सुस्ता गाउँपालिका ५ को सुस्ता भूमिमा ३ वटा टोल छन् । बाढी थारु हुँदै सुस्ताको बडका टोल र सानो टोलमा पनि पसिरहेको छ । जसबाट सुस्ताका तिन वटै टोल डुबान हुने संकेत देखिएको सुस्ता बचाउ अभियानका प्रवक्ता रबिन्द्र जयसवालले बताए ।
सुस्तामा ३५० घरधुरी छ । नारायणी नदीले घेरिएको सुस्ता भुमी यतिबेला बाढीको चपेटामा छ । नदी र बाढीले घेरिएका सुस्ताबासी यस बेला कतै भाग्न लुक्न पाउने छैनन । नदीमा बाढीको पानी बढदै गएपछि सुस्ता पुरै गाउँनै डुब्ने खतरा रहेको प्रवक्ता जयसवालले भन्दै सुस्ताबासी बाढीबाट बच्न अग्लो स्थानमा सुरक्षित हुने बाहेक अरु कुनै विकल्प नरहेको जिकिर गरे ।
यता नदीमा बनेको झोलुङ्गे पुल नदीको पश्चिमी बाँधमा नजोडिएकाले यस बाढीका बेला सो पुलबाट सकरडिनही पक्लिहवाँ पुग्न समस्या उपत्नन भएको छ । पुल पश्चिम तर्फ नदीको बाँधबाट करिब १०० मिटर नदी क्षेत्रबाटै पुल चढने गरि बनाइएकाले उक्त खाली हाँेचो क्षेत्रमा पनि बाढी पसेकाले आवत जावतमा पनि समस्या भएको छ । यस बेला डुङ्गा त झनै जोखिम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समूह ‘जे’ का अन्तिम खेल सुरु, अर्जेन्टिना र जोर्डन तथा अल्जेरिया–अस्ट्रिया आमनेसामने
-
६ दशक पुरानको औद्योगिक सम्पत्ति ऐन संशोधन हुँदै, स्टार्टअप आइडियालाई कानुनी सुरक्षा
-
समूह ‘के’ बाट कोलम्बिया, पोर्चुगल र कङ्गो अन्तिम ३२ मा
-
डीआर कङ्गोले रच्यो इतिहास, पहिलोपटक विश्वकपकाे नकआउट चरणमा
-
गोलरहित बराबरीसँगै कोलम्बिया र पोर्चुगल नकआउट चरणमा
-
डीआर कङ्गोका चर्चित फुटबल समर्थकलाई अमेरिकी भिसा अस्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण