सप्तकोशीको टापुमा फसेकाहरूको हेलिकप्टरबाट उद्धार गरिँदै
शनिबार, १२ असोज २०८१, १३ : ०३

विराटनगर । सप्तकोशी नदीमा पानीको बहाव बढ्दै जाँदा ठाकुरबासा पारिपट्टिको टापुमा पुगेका दुई दर्जनभन्दा बढी मानिस समस्यामा परेका छन् ।
उनीहरूको उद्धारको लागि हेलिकप्टर मगाइएको सुनसरीका प्रहरी प्रवक्ता नवीकृष्ण भण्डारीले जानकारी दिए । उनीहरूको उद्धारका लागि प्रदेश प्रहरी प्रमुखसहितको टोली त्यसतर्फ लागेको छ ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीका अनुसार त्यहाँ २० देखि ३० जना मान्छे रहेका छन् ।
यसैबिच सप्तकोशी नदीमा पानीको बहाव ५ लाख ७ हजार प्रति क्यूसेक पुगेको छ । पानीको बहाव उच्च भएपछि सप्तकोशी ब्यारेजका सबै ५६ वटै ढोका खोलिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कञ्चनपुर–कमला सडक विस्तारः लहानमा ‘ओभरपास’ निर्माण थालियो
-
भारतले २४ वटा क्षेप्यास्त्र प्रहार गर्यो : पाकिस्तान
-
भारत र पाकिस्तान तनाव : सैन्य शक्ति कसको बढी छ ?
-
पाकिस्तानी सेनाको गोलीबारीमा तीन भारतीय नागरिकको मृत्यु
-
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड शौचालयमा लडेर सामान्य घाइते
-
आज राष्ट्रिय पत्रकारिता दिवस, प्रधानमन्त्रीले दिए शुभकामना