सप्तकोशीको टापुमा फसेकाहरूको हेलिकप्टरबाट उद्धार गरिँदै
शनिबार, १२ असोज २०८१, १३ : ०३
विराटनगर । सप्तकोशी नदीमा पानीको बहाव बढ्दै जाँदा ठाकुरबासा पारिपट्टिको टापुमा पुगेका दुई दर्जनभन्दा बढी मानिस समस्यामा परेका छन् ।
उनीहरूको उद्धारको लागि हेलिकप्टर मगाइएको सुनसरीका प्रहरी प्रवक्ता नवीकृष्ण भण्डारीले जानकारी दिए । उनीहरूको उद्धारका लागि प्रदेश प्रहरी प्रमुखसहितको टोली त्यसतर्फ लागेको छ ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीका अनुसार त्यहाँ २० देखि ३० जना मान्छे रहेका छन् ।
यसैबिच सप्तकोशी नदीमा पानीको बहाव ५ लाख ७ हजार प्रति क्यूसेक पुगेको छ । पानीको बहाव उच्च भएपछि सप्तकोशी ब्यारेजका सबै ५६ वटै ढोका खोलिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कर्णाली क्रिकेट कप–२०८३’ आजदेखि
-
कोशीमा भारी वर्षाको सम्भावना, अन्यत्रको मौसम कस्तो रहला ?
-
पहिलो हाफमा बराबरीमा रोकिए पोर्चुगल र कोलम्बिया, उज्बेकिस्तानले डीआर कङ्गोलाई १–० ले पछि पार्यो
-
पहिलो हाफको समाप्तिमा कोलम्बिया र पोर्चुगल बराबरीमा, कंगोविरुद्ध उज्बेकिस्तानको अग्रता
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
विश्वकपबाट स्कटल्याण्डको बहिर्गमन, प्रशिक्षक स्टिभ क्लार्कद्वारा राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण