उदयपुर, सुनसरी र सप्तरीका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
शनिबार, १२ असोज २०८१, २३ : ३७
विराटनगर । सप्तकोसी चतरा जल मापन केन्द्रमा हालको जल सतह खतराभन्दा धेरै माथि पुगेको जनाइएको छ । शनिवार कोशी ब्यारेजले एक सूचना जारी गर्दै जल सतह खतराभन्दा धेरै माथि पुगिसकेको र अझै बढ्दो क्रममा रहेकोले उदयपुर, सुनसरी र सप्तरीका नदी तटीय क्षेत्रका बासिन्दालाई आइतबार बिहानसम्म सतर्क रहन आग्रह गरेको हो ।
सूचनामा भनिएको छ– ‘सप्तकोसी चतरा जल मापन केन्द्रमा हालको जल सतह खतरा तह भन्दा धेरै माथि (११.२६ मि.) पुगिसकेको र अझै बढ्दो क्रममा रहेकोले उदयपुर, सुनसरी र सप्तरीका नदी कटान हुन सक्ने क्षेत्र र डुबान हुने होचा भू–भागमा रहनुहुनेहरु भोलि बिहानसम्मै अति उच्च सतर्कताका साथ सुरक्षित स्थानमा रहनुहोला/जानुहोला।’
बिहीबारदेखि परेको अविरल वर्षाका कारण सप्तकोसीमा हाइ अलर्ट जारी गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आँप पकाउन क्याल्सियम कार्बाइड प्रयोग नभएको पुष्टि
-
‘असारे पानी साउने झरी’ मा सन्दीप र बिनाको रोमान्स
-
एसेट म्यानेजमेन्ट कम्पनी : बैंकिङ क्षेत्र सुधार्ने सरकारको ‘एक्सन प्लान’
-
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा ठुलो गिरावट
-
होटल संघ नेपालको बागमती प्रदेश तदर्थ समिति अध्यक्षमा रामसुन्दर बके मनोनीत
-
ट्रम्पलाई ठुलो झट्का : यौन दुर्व्यवहार मुद्दा उल्ट्याउन सर्वोच्च अदालतद्वारा अस्वीकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण