एनपीएलको कमर्सियल राइट्स ब्रान्ड डिजिटल लजिक प्रालिलाई
सोमबार, १४ असोज २०८१, १४ : ५१
काठमाडौँ । निकट भविष्यमा आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको कमर्सियल राइट्स ब्रान्ड डिजिटल लजिक प्रालिले प्राप्त गरेको छ । बोलकबोल प्रक्रियामार्फत ‘ब्रान्ड डिजिटल लजिक प्रालिले कमर्सियल राइट्स प्राप्त गरेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।
क्यानका अनुसार, ब्रान्ड डिजिटल लजिक प्रालिले सबैभन्दा बढी पाँच करोड ९२ लाख रुपैयाँको बोली लगाएको हो । योसँगै ब्रान्ड डिजिटल लजिकले एनपीएलका खेलहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रसारण गर्ने अधिकार पाएको छ ।
यसका अतिरिक्त ब्रान्ड डिजिटल लजिकले प्रतियोगिताका प्रायोजकहरुसँग समन्वय गरी एनपीएलको आर्थिक पक्षलाई बलियो बनाउने काम पनि गर्नेछ । क्यानले आगामी मंसिर १६ गतेदेखि काठमाडौँमा एनपीएल सञ्चालन गर्ने भएको छ । प्रतियोगितामा आठवटा टोलीको सहभागिता रहने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
किन आन्दोलित छन् झण्डै १३ हजार चिकित्सक ?
-
रास्वपा लुम्बिनी प्रदेश अधिवेशन : सभापतिका लागि पुनः मतदान हुने
-
‘झोर्ले हजुर’ मार्फत विष्णु माझीले दिइन् सर्प्राइज
-
हाइटीविरुद्ध पहिलो हाफमा स्कटल्यान्डलाई अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण