नेपाल प्रिमियर लिग क्रिकेट : टिम काठमाडौँको नाम र लोगो सार्वजनिक
मङ्गलबार, १५ असोज २०८१, १५ : ३३

काठमाडौँ । निकट भविष्यमा काठमाडौँमा आयोजना हुने फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को सहभागी टोलीमध्येको एक काठमाडौँले मंगलबार आफ्नो नाम र लोगो सार्वजनिक गरेको छ ।
काठमाडौँले सामाजिक सञ्जालमार्फत आफ्नो नाम र लोगोको सार्वजनिक गरेको हो । आगामी एनपीएलमा काठमाडौँले अब ‘काठमाडौँ गुर्खाज’ नामबाट सहभागिता जनाउने छ । काठमाडौँ गुर्खाजको मार्की खेलाडी करण केसी हुन् । उनी राष्ट्रिय क्रिकेट टोलीका प्रभावशाली खेलाडी पनि हुन् ।
नेपाल क्रिकेट संघ (क्यान)ले एनपीएल आयोजना गर्न लागेको हो । प्रतियोगिता मंसिर १६ गतेदेखि सुरु हुनेछ । प्रतियोगितामा आठ टोलीको सहभागिता रहने छ । काठमाडौँ गुर्खाजको स्वामित्व कान्तिपुर पब्लिकेसनसँग रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागढुङ्गा नौबिसे सडक विस्तार : यही वैशाख २२ देखि ३१ गतेसम्म पाँच घण्टा बन्द गरिने
-
प्रहरीलाई ‘बुख्याचा’जस्तो बनाउन खोजिएको छ
-
यूथ भिजन-२०३५ निर्माणका लागि छलफल प्रारम्भ
-
जित्नैपर्ने दबाबमा रहेको कोलकातालाई उसैको घरमा चुनौती दिँदै उपाधि होडबाट बाहिरिएको राजस्थान
-
अस्ट्रेलिया चुनाव : विपक्षी दलका नेतालाई नै हराउने अलि को हुन् ?
-
अर्बपति लगानीकर्ता वारेन बफेटले वर्कशायर हाथवेको सीईओ पदबाट राजीनामा दिने