आइतबार देशभरका अधिकांश नदीहरूको बहाव सामान्य रहने
_Ery4KKqnsf.jpg)
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ। देशको पूर्वी र मध्य भागमा बङ्गलादेशको उत्तर भूभाग तथा भारतको पश्चिम बङ्गाल आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।
आज बिहानको मापन अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीहरू साथै कन्काई, कमला, बाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको बहाव सतर्कता तह भन्दा तलै र सामान्य अवस्थामा रहेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार आइतबार देशभरका अधिकांश नदीहरूको बहाव सामान्य अवस्थामा रहने पूर्वानुमान रहेको छ ।
आगामी ३ दिन कोशी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीहरू साथै कन्काई, कमला, बाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह सतर्कता तह तलै रहने र सामान्य घटबढ हुने पूर्वानुमान रहेकोले नदी तटीय क्षेत्रका क्रियाकलापमा सामान्य सतर्कता अपनाइराख्न महाशाखाको अनुरोध छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहलगाम हमलाबारे नेपालस्थित पाकिस्तानी दूतावासलाई बुझाइयो ध्यानाकर्षणपत्र
-
नयाँ क्रान्तिका लागि तयारी अवस्थामा रहन प्रचण्डको अपिल
-
भारतको आसामलाई हराउँदै नेपाल पुलिस क्लब फाइनलमा, आर्मीसँग उपाधि भिडन्त
-
जोखिम मोलेर यसरी काम गर्दैछन् फलामजन्य उद्योगका मजदुर
-
गृहमा मनलाग्दी : सहसचिवलाई थन्क्याएर उपसचिवलाई सीडीओ
-
सरोज र शान्तिलाको आवाजमा ‘मलाई ओके छ’ सार्वजनिक