शुक्रबारदेखि बीपी राजमार्ग सञ्चालनमा आउँछ : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बिहानदेखि बीपी राजमार्ग सञ्चालनमा आउने बताएका छन् । भौतिक पूर्वाधार मन्त्रालयका सचिव इन्जिनियर केशव शर्मासँग भएको टेलिफोन कुराकानी उद्धृत गर्दै प्रधानमन्त्री ओलीले सो कुरा जानकारी दिएका हुन् ।
आज दिनभर र रातभर काम गर्दा बाँकी रहेको तीन ठाउँको अवरोध हट्ने प्रधानमन्त्रीको भनाई छ । उनले सडक सडक खुलाउन अहोरात्र खटिएका प्राविधिक सहित सम्पूर्ण टिमलाई धन्यवाद ज्ञापन गरेका छन् ।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘बीपी राजमार्गमा पहिरोको अवरोध खुलाउन आफ्नो टोलीसँगै फिल्डमा रहनु भएका भौतिक पूर्वाधार मन्त्रालयका सचिव इन्जिनियर केशव शर्मासँग केही बेर अघि टेलिफोनमा कुरा भयो । उहाँ सडक मर्मत गर्ने प्राविधिक टोली सहित रोशी गाउँपालिका - ९ को दाउने भन्ने ठाउँमा हुनुहुन्छ। उहाँका अनुसार भोलि बिहान १० बजेसम्म बीपी राजमार्ग सञ्चालनमा आउने छ। आज दिनभर र रातभर काम गर्दा बाँकी रहेको तीन ठाउँको अवरोध हट्ने छ । भोलि राजमार्ग खुलेपछि मात्र दसैँ मान्ने बताउनु भयो । सडक खुलाउन अहोरात्र लाग्नु भएका प्राविधिक सहित सम्पूर्ण टिमलाई धन्यवाद !’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
दुई दिनको बिदाले जावलाखेल चिडियाखानामा आगन्तुक बढे
-
पालिकाले गर्याे १० शिक्षकलाई सम्मान र दुई विद्यार्थीलाई पुरस्कृत
-
पाँचथरमा गुरुङकाे सभापतित्वमा रास्वपाकाे नयाँ कार्यसमिति
-
अवैध लागुऔषधसहित ११ जना पक्राउ
-
हेजबुल्लाहविरूद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह
-
ठमेलको स्क्याम सेन्टरसँग कम्बोडिया ‘कनेक्सन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण