प्रधानमन्त्रीद्वारा राष्ट्रिय उद्धार यात्राको शुभारम्भ
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सहयोगापेक्षी सडक मानवमुक्त राष्ट्र निर्माणको लक्ष्यका साथ मानव सेवा आश्रमद्वारा सञ्चालित मेची–महाकाली राष्ट्रिय उद्धार यात्राको शुभारम्भ गरेका छन् ।
प्रधानमन्त्री निवासबाट प्रारम्भ भएको यात्राको सफलताको कामना गर्दै प्रधानमन्त्रीले मानवता सर्वोच्च धर्म भएकाले यस प्रकारको यात्रामा कुनै समस्या परेमा आफू जस्तोसुकै सहयोग गर्न प्रतिबद्ध रहेको बताए । उनले पहिले मानवता, त्यसपछि देश भन्ने भावनालाई आत्मसात् गर्न आग्रह गरे ।
त्यस बखत प्रथम महिला राधिका शाक्य, पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, गायिका आनी छोइङ डोल्मा पनि उपस्थित थिइन् । प्रधानमन्त्री ओलीले अभियानका सहभागीलाई टीका लगाइदिएर शुभयात्राको कामना गरे ।
आश्रमका अध्यक्ष रामजी अधिकारीले कसैले पनि अनाथ भएर बस्नु नपरोस् भन्ने ध्येयले यात्रा आरम्भ गरिएको जानकारी दिए । सो यात्रा आगामी कातिक २८ गतेसम्म जारी रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई दिनको बिदाले जावलाखेल चिडियाखानामा आगन्तुक बढे
-
पालिकाले गर्याे १० शिक्षकलाई सम्मान र दुई विद्यार्थीलाई पुरस्कृत
-
पाँचथरमा गुरुङकाे सभापतित्वमा रास्वपाकाे नयाँ कार्यसमिति
-
अवैध लागुऔषधसहित ११ जना पक्राउ
-
हेजबुल्लाहविरूद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह
-
ठमेलको स्क्याम सेन्टरसँग कम्बोडिया ‘कनेक्सन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण